पाँचथरमा पहिरोले एककाे मृत्यु, एक घाइते

  आवाज संवाददाता

पाँचथर । पाँचथर याङवरक गाउँपालिका-२ मा पहिरोसँगै झरेको ढुंगाले लागी १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा याङवरक गाउँपालिका-२ लेखेवा का ५८ बर्षीय टेकनाथ धौराली रहेका छन् । उनको टाउको शरिरमा ढुंगाले लागी घट्नास्थलमानै मृत्यु भएको हो भने सोही स्थानका ५२ बर्षीय खड्क बहादुर राई सामान्य घाईते भएका छन् ।

आज बिहान सँवा ७ बजे उनीहरुलाई नुवाखोलाबाट निकालिएको पानीको कुलो बनाउने क्रममा अचानक माथीबाट पहिरोसँगै आएको ढुंगाले लागेको थियो । घटनाको जानकारी पाउन साथ प्रहरी चौकी फलैचा र सिमा प्रहरी चौकी च्याङथापुबाट प्रहरी टोलीले घाईतेलाई उपचारको लागि स्थानीय स्वास्थ्ये चौकीमा पठाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार