ज्वालासहित तीनजनालाई तीन दिन थुनामा राख्न प्रशासनकाे अनुमति

  आवाज संवाददाता

आफूलाई सामाजिक अभियन्ता बताउने ज्वाला भन्ने (टीका संग्रौला) सहित तीनजनालाई तीन दिन थुनामा राख्न प्रशासनले अनुमति दिएको छ।

आइतबार पक्राउ परेका संग्रौलासहित हिमाल उपाध्याय र शर्मीला वाइवालाई म्याद थपका लागि प्रहरीले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सोमबार पेस गरेको थियो ।

महानगरीय प्रहरी परिसर टेकुका एसएसपी अशोक सिंहका अनुसार प्रशासनको अनुमतिसँगै उनीहरूमाथि थप अनुसन्धान शुरू गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार