मेचीनगर वडा नं. ९ का आठ वर्षका दुई वालक बलात्कृत भएका छन् ।
सोमवार दिउँसो खेल्न जाउँ भनेर छिमेककै दुई किशोरले ती अबोध बालकहरुलाई अप्राकृतिक मैथुन गरेको पीडितका अभिभावकले जानकारी दिएका छन् ।
अभियोग लागेका किशोरहरु एउटा १५ र अर्को १७ वर्षका छन् । मेचीनगरबाट प्रकाशित सेतोपत्र अनलाइनले घटनाको खुलासा गरेको हो । फकाइफुल्याई घर नजिकैको जंगलमा पुर्याएर ती किशोरहरुले कुटपिटको धम्की दिएर बलात्कार गरेको बताइएको छ ।
पीडक पक्षका अभिभावकहरुले घटनालाई गाउँघरमै मिलापत्र गराउने प्रयास गरिरहेको र पीडित पक्ष प्रहरीसमक्ष जाने तयारीमा रहेको बताइएको छ ।