इलाममा संक्रमण दर पुनः बढ्दै, मंगलबार ४३ जनामा संक्रमण

  आवाज संवाददाता


इलाम । इलाममा पुनः कोराना संक्रमण दर बढ्दै गएको छ । निषेधाज्ञा केही खुकुलो गरेसँगै संक्रमण दर पनि बढ्दै गएको देखिन्छ ।

केही दिनअघि संक्रमितको संख्या ७ जनासम्ममा झरेको थियो । अहिले बढ्दै गएर मंगलबार ४३ जना पुगेको छ ।

मंगलबार इलाम नगरपालिकामा १६ जना, माइनगरपालिकामा १६ जना, रोङमा ७ जना, सूर्योदय नगरपालिकामा २ जना र माङसेबुङमा १ जना गरी ४३ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमणका कारण जिल्लामा मृत्यू हुनेको संख्या भने ४० पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार