इलाम नपा वडा नं. ५ ले किसानलाई विरुवा र हाते ट्याक्टर दियो

  आवाज संवाददाता

इलाम । इलाम नगरपालिका वडा नं. ५ ले वडाबासीहरुलाई कागतीको विरुवा वितरण गरेको छ ।

आर्थिक वर्ष २०७७।०७८ को कृषि कार्यक्रम अन्तर्गत बडाबासी किसानहरुलाई कागतीको विरुवा वितरण गरिएको वडाध्यक्ष ठाकूरनारायण श्रेष्ठले बताए ।

वडाका ११ सय घरपरिवारलाई पाँच बोट विरुवाका दरले ५५ सय कागतीको विरुवा वितरण गरिएको उनले बताए ।

यसरीनै वडा कार्यालयले वडामा १५ जनालाई मिनिटेलर (जोत्ने हाते ट्याक्टर) अनुदान दिएको । भने उन्नत जातको मकै विऊ पनि वितरण गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार