खाने तेलको गिलेनमा लागूऔषध

  आवाज संवाददाता

मोरङ । मोरङ बिराटनगर १६ दक्षिण गेट स्थितबाट लागूऔषध नियन्त्रणम ब्युरोबाट खटिएको प्रहरी टोलीले हिजो बेलुका साढे ६ बजे लागूऔषध सहित १ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरी चक्रघट्टी ७ का ३२ बर्षीय राज कुमार मगर रहेका छन् । उनले बोकेको झोलामा खानेतेलको गिलेनमा एभिल ७७ एम्पुल, लुपिजेसिक ७५  एम्पुल, डाइजाल्याप ७५ एम्पुल र फेनारगन ७८ एम्पुल फेला परेको थियो ।

पक्राउ परेका मगरलाई इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ  ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार