१७ वर्षीया बालिकाको उद्दार

  आवाज संवाददाता


इलाम । दुईवर्ष अघि जबरजस्ती विवाह गरिएकी इलाम माइजोगमाई गाउँपालिकाकी १७ वर्षीया एक बालिकाको उद्दार गरिएको छ ।

माइजोगमाइ गाउँपालिका माइती भइ सन्दकपुर गाउँपालिकामा विवाह भएकी ती बालिका माथि ४५ वर्षीय निजका पतिले मदिरा सेवन गरेर कुटपिट गर्दै आएपछि एक महिना यता उनी माइतीघर नै बस्दै आएकी थिइन् ।

पीडित बालिकाले इलाम स्थित मानव अधिकार मञ्च नेपालले सञ्चालन गरिरहेको १०९८ नम्बको बाल हेल्पलाईनमा फोन गरेपछि उनको उद्दार गरिएको हो । ती बालिकाको १८ महिनाकी छोरी समेत साथै रहेको मानव अधिकार मञ्चका मनकुमार बराइलीले बताए ।

मञ्चस्थित अधिकार कर्मीको टोली र प्रहरी टोलीले उद्दार गरिएकी बालिका र उनकी छोरीलाई मञ्चले सञ्चालन गरेको सुरक्षित आवास गृहमा राखिएको छ । जन्मदर्ता समेत नभएकी पीडितलाई न्यायका लागि कागजात जुटाउने काम थालिएको बराइलीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार