खोप सुनिश्चित गर्न शिक्षक संगठनको आग्रह

इलाम । इलामको माइजोगमाई गाउँपालिका स्थित नेपाल राष्ट्रिय शिक्षक संगठनले विद्यार्थी र शिक्षकका लागि कोभिड–१९ विरुद्धको खोप सुनिश्चित गर्न आग्रह गरेको छ ।

संगठनले बुधबार गाउँपालिका अध्यक्षलाई एक ज्ञापन पत्र बुझाउँदै खोप सहित शिक्षा क्षेत्रमा अन्य सुधारका काम गर्न आग्रह गरेको छ ।
संगठनले बुझाएको १६ बुंदे ज्ञापन पत्रमा शिक्षा ऐन र नियमावलीमा व्यवस्था भए अनुसार विद्यालयहरुमा वरिष्ठताका आधारमा प्रधानाध्यापक नियुक्ति गरिनुपर्ने, सरकारले ल्याएको एक विद्यालय एक स्वास्थ्यकर्मीको अवधारणालाई कार्यान्वयन गरिनुपर्ने, प्रस्तावित मावि र आधारभूत विद्यालयहरुमा विषयगत दरबन्दीको व्यवस्था गर्न आवश्यक पहल गर्नुपर्ने, प्रविधिमैत्री विद्यालय बनाउन एक शिक्षक एक ल्यापटपको व्यवस्था गरिनु पर्ने लगायतका विषयहरु उल्लेख गरिएको छ ।

गाउँपालिका स्थित संगठनका अध्यक्ष सन्तबहादुर गुरुङ र सचिव टेकराज तामाङले गाउँपालिका अध्यक्षलाई ज्ञापन पत्र बुझाएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार