इलाम नगरपालिकाले गर्याे उत्कृष्ठ कर्मचारीलाई पुरस्कृत

  आवाज संवाददाता


इलाम । इलाम नगरपालिकाले उत्कृष्ठ पाँच कर्मचारीहरुलाई पुरस्कृत गरेको छ ।

नगरले नवौं नगरसभाको अवसरमा कर्मचारीहरुलाई पुरस्कृत गरेको हो । पुरस्कृत हुने कर्मचारीहरुमा न्यायिक समितिका अधिकृत कमल भण्डारी, सब इन्जिनियर पुजन ताम्राकार, वडा सचिव रबिन्द्र घिमिरे, स्वास्थ्यकर्मी एलिस पाैड्याल र  कार्यालय सहयोगी गोपाल बस्नेत रहेका छन् ।

पुरस्कृत कर्मचारीहरुलाई नगरसभामा नगद २५ हजार सहित प्रमाण पत्र प्रदान गरिएको थियो । नगरले नगरसभाको अवसर पारेर वर्षेनी उत्कृष्ठ काम गर्ने कर्मचारीहरुलाई पुरस्कृत गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार