इलाम नगरपालिकाको बजेट एक अर्ब २१ करोड, मूख्य याेजनाहरुमा विनियाेजन बजेट सहित

  आवाज सम्वाददाता


इलाम । इलाम नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८।०७९ का लागि एक अर्ब २१ करोड रुपैयाँ बराबरको बजेट ल्याएको छ । नगरपालिकाको नवौं नगरसभाबाट आगामी वर्ष कार्यान्वयन हुने एक अर्ब २१ करोड ३५ लाख रुपैयाँको बजेट पारित गरेको हो ।

नगरपालिकाले कार्यालय सञ्चालन तथा प्रशासनिक तर्फ विनियोजन तर्फ १२ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ । निशर्त अनुदान तर्फ आर्थिक विकासमा दुई करोड ७१ लाख ५० हजार रुपैयाँ, सामाजिक विकासमा तीन करोड ९८ लाख रुपैयाँ, पूर्वधार विकासमा ३३ करोड ८३ लाख ३३ हजार एकसय ६० रुपैयाँ र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रको लागि पाँच करोड ३३ लाख १२ हजार आठ सय ४० रुपैयाँ विनियोजन गरेको छ । सशर्त अनुदानबाट आर्थिक विकासमा चार करोड ६८ लाख, सामाजिक विकासमा, ३० करोड ४७ लाख रुपैया, सुशान तथा अन्तरसम्बन्धित क्षेत्रमा एक करोड ७२ लाख रुपैयाँ र सामाजिक सुरक्षामा १४ करोड रुपैयाँ रकम विनियोजन गरिएको छ ।

नगरपालिकाले आम्दानी तर्फ आन्तरिक राजश्वबाट १२ करोड ७५ लाख रुपैयाँ, मालपोत रजिष्ट्रेशनबाट दुई करोड, उपभोक्ताको लागत सहभागिताबाट चार करोड ३३ हजार एक सय ६० रुपैयाँ,  सार्वजनिक निजी साझेदारीमा एक करोड १० लाख रुपैयाँ, गत वर्षको अल्याबाट पाँच करोड रुपैयाँ, नगर विकास कोषबाट दुई करोड रुपैयाँ ऋण लिइने, अन्य संस्थाबाट साझेदारी ५० लाख रुपैयाँ र आन्तरिक ऋण तीन करोड रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ ।

त्यस्तै संघीय सरकारबाट समानीकरण अनुदानबाट १५ करोड ८८ लाख रुपैयाँ आम्दानी हुने अनुमान छ । त्यस्तै सशर्त अनुदानमा ३९ कराेड ६९ लाख, समपुरक अनुदानमा दुई करोड आठ लाख, विषेश अनुदानमा चार करोड १५ लाख रुपैयाँ र सामाजिक सुरक्षामा १४ करोड रुपैयाँ आम्दानी हुने अनुमान गरेको छ ।

प्रदेश सरकारबाट समानीकरण अनुदानबा ९२ लाख ९३ हजार रुपैयाँ सशर्त अनुदानमा दुई करोड सात लाख चार हजार रुपैयाँ, समपुरक अनुदान एक करोड रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ ।

नगरपालिकाले राजश्व बाँडफाँड मार्फत संघीय सरकारबाट नौ करोड ९९ लाख ९३ हजार रुपैयाँ र प्रदेश सरकारबाट एक करोड १९ लाख ७६ हजार आठ सय ४० रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ ।

नगरपालिकाले सञ्चालन गर्ने कृषि क्याम्पस व्यवस्थापनको लागि २५ लाख रुपैयाँ, इलाम आँखा अस्पताल निर्माणकोे लागि एक करोड रुपैयाँ, उपप्रमुख सीप विकास कार्यक्रममा एक करोड, साना सिचाई कार्याक्रममा एक करोड रुपैयाँ, कृषि बजार निर्माण तथा व्यवस्थापनमा ४५ लाख रुपैयाँ, लागत सहभागितामा आधारित पूर्वधार विकास कार्यक्रमका लागि एक करोड ५० लाख, फन पार्क निर्माणको लागि दुई करोड ५० लाख, मिल गोलाई बिणापाणी सडक निर्माणको लागि दुई करोड ८० लाख, साइन्स पार्क निर्माणको लागि ५० लाख रुपैयाँ विनियोजन गरेको  इलाम नगरपालिका वडा  नं. ५ का वडाध्यक्ष तथा नगरपालिकाका प्रवक्ता ठाकूरनारायण श्रेष्ठले बताए ।

त्यस्तै कुइभीर पर्यटकीय पूर्वधारको लागि ३० लाख रुपैयाँ, सुनुवार संग्रालय निर्माणको लागि आठ लाख रुपैयाँ, विद्युतीय चुल्हो अनुदान २० लाख, कृषकलाई गाई अनुदानमा १६ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको छ । त्यस्तै बौद्य पार्क १० लाख रुपैयाँ, लवडाँडा पार्कको लागि दश लाख, फाल्गुनन्द पार्कको प्रवेशद्वार तथा मुर्ति निर्माणको लागि दश लाख रुपैयाँ विनियोजन भएको छ भने बिब्ल्याँटे मान्द्रेनी सडक कालोपत्रे सडकको लागि २५ लाख र विभिन्न खेलकुद प्रतियोगीताको २५ लाख रुपैयाँ विनियोजन भएको छ त्यस्तै इलाम अस्पतालमा विषेशज्ञ सेवा सहयोगको लागि २५ लाख रुपैयाँ रुपैयाँ विनियोजन गरेको विनियाेजन गरेकाे  नगरपालिकाका प्रवक्ता श्रेष्ठले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार