सूर्योदय नगरपालिकाकाे आगामी वर्षकाे बजेट एक अर्ब २९ करोड

  आवाज संवाददाता


इलाम । इलामको सूर्योदय नगरपालिकामा एक अर्ब २९ करोड ९१ लाख ३३ हजार आठ सय रुपैयाँ बराबरको बजेट पेश भएको छ ।

नगरसभामा प्रस्तुत भएको बजेटमा आर्थिक विकासमा १७ करोड २८ लाख ६० हजार रुपैयाँ विनियोजन गरिएको छ । त्यस्तै सामाजिक विकासमा ४४ करोड ५१ लाख २६ हजार रुपैयाँ, पूर्वधार विकासमा ४८ करोड १५ लाख १८ हजार रुपैयाँ सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रको लागि तीन करोड ९३ लाख ९१ हजार रुपैयाँ विनियोजन गरिएको छ । कार्यालय सञ्चालन तथा प्रशासनिक तर्फ १६ करोड दुई लाख ३७ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

सूर्योदय नगरपालिकाले आन्तरिक राजश्वबाट सात करोड चार लाख ६ हजार रुपैयाँ, राजश्व बाँडफाडबाट १४ करोड ९० लाख ८६ हजार ६ सय ७० रुपैयाँ, वित्तिय हस्तान्तरण मार्फत संघीय सरकारबाट ५८ करोड ६० लाख, प्रदेश सरकारबाट आठ करोड ९९ लाख रुपैयाँ आम्दानी हुने अनुमान छ । नगरपालिकाले ३८ करोड ३७ लाख ४१ हजार एक सय ३० रुपैयाँ मौजादबाट आम्दानी हुने दुई करोड रुपैयाँ नगर विकास कोषबाट ऋण लिने प्रस्ताव गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार