सन्दकपुर गाउँपालिकाको बजेट ४० करोड ४६ लाख

  आवाज संवाददाता

इलाम । सन्दकपुर गाउँपालिकाको विहीबार सम्पन्न नवाैं  गाउँसभाले आगामी आर्थिक वर्ष २०७८।०७९ को लागि कूल ४० करोड ४६ लाख ८५ हजार ३२० रुपैयाँको बजेट पारित गरेको छ ।

गाउँसभाले आर्थिक विकास शीर्षकमा एक मुष्ट रकम एक करोड २४ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको छ । यसरीनै सामाजिक विकास क्षेत्रमा एक करोड २६ लाख ५७ हजार रुपैयाँ विनियोजन गरेको छ । सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रमा ६९ लाख ५६ हजार रुपैयाँ विनियोजन गरेको छ । सभाले प्रशासनिक खर्चका लागि सात करोड २१ लाख ५० हजार ३२० विनियोजन गरेको सन्दकपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश राईले जानकारी दिए ।

यसरीनै आय तर्फ गाउँपालिकाको आन्तरिक स्रोतबाट गत वर्षरहेको रकम ५० लाख रुपैयाँ, आन्तरिक आय ७५ लाख, संघीय सरकार समानीकरण अनुदानबाट आठ करोड ६१ लाख रुपैयाँ, प्रदेश सरकार समानीकरण अनुदानबाट ४७ लाख ६१ हजार रुपैयाँ, संघीय सरकार राजश्व फाँडफाडबाट पाँच करोड ९९ लाख १३ हजार रुपैयाँ, प्रदेश सरकार राज्य बाँडफाडबाट ४४ लाख ९२ हजार ३२० रुपैयाँ आम्दानी हुने बजेट पारित गरिएको हो ।

सरीनै संघीय सरकार सशर्त अनुदानबाट १९ करोड ५० लाख रुपैयाँ, प्रदेश सरकार सशर्त अनुदानबाट १ करोड ५२ लाख ३९ हजार रुपैयाँ, संघीय सरकार समपुरक अनुदान मार्फत ८३ लाख रुपैयाँ,संघीय सरकारबाटै विशेष अनुदान अन्तर्गत ८३ लाख रुपैयाँ र प्रदेश सरकार समपुरक अनुदानबाट एक करोड आम्दानी हुने बजेटले अनुमान गरेको छ ।

सभाले उपभोक्ता समितिबाट गरिने योजनामा अनिवार्य रुपमा उपभोक्ताको १५ प्रतिशत लागत सहभागिता हुनुपर्ने र लागत सहभागिताको कार्य सम्पन्न भएपछि मात्र भुक्तानी दिने निर्णय गरेको छ । उपभोक्ता समितिमा डोजर मालिक र विचौलिया तथा पार्टीका अध्यक्ष र सचिव पनि बस्न नपाउने सभाले निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार