माङसेबुङ गाउँपालिकाको बजेट ४० करोड ५१ लाख

इलाम। माङसेबुङ गाउँपालिकाकाले आगामी आर्थिक वर्ष २०७८।०७९ को लागि ४० करोड ५१ लाख ७७ हजार ६८० रुपैयाँको बजेट पारित गरेको छ । विहीबार सम्पन्न गाउँपालिकाको सभाले नीति तथा कार्यक्रमसहित पारित गरेको हो ।

माङसेबुङ गाउँपालिकाले पूर्वाधार विकासमा चार करोड ८६ लाख ६० हजार रुपैयाँ विनियोजन गरेको भने सामाजिक विकास शीर्षकमा एक मुष्ट दुई करोड ८६ लाख ६० हजार रुपैयाँ विनियोजन गरेको छ ।

आर्थिक विकास क्षेत्रमा एक करोड ७७ लाख ७० हजार विनियोजन गरेको छ । यसरीनै सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा एक करोड ३१ लाख १५ हजार रुपैयाँ विनियोजन गरेको छ ।

पालिकाले कार्यालयल सञ्चाल तथा प्रशासनिक क्षेत्रमा छ करोड ५१ लाख ३० हजार रुपैयाँ विनियोजन गरेको छ ।

समपूरक कोषका लागि दुई करोड र मर्मत संभार कोषका लागि ३५ लाख रुपैयाँ विनियोजन गरेको गाउँपालिकाले जनाएको छ ।

यसरीनै संघीय समानीकरण अनुदानबाट नौं करोड २५ लाख, राजश्व बाँडफाटबाट छ करोड ७७ लाख ६७ हजार, सशर्त अनुदान १९ करोड, समपूरक अनुदान ४२ लाख आम्दानी अनुमान गरिएको छ । प्रदेश समानीकरण अनुदान ५२ लाख ८० हजार, सवारी कर बाँडफाट ४६ लाख ६० हजार ६८०, समपूरक अनुदान एक करोड, सशर्त अनुदान ५८लाख ४२ हजार आय हुने अनुमान गरिएको छ ।

अघिल्लो आर्थिक वर्षको वचत दुई करोड र आन्तरिक आय ५० लाख रुपैयाँ हुने अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार