खोल्सीमा बन्ने भो कर्भड हल

खेलकुद

  आवाज स‌वाददाता

इलाम।इलाम नगरपालिका वडा नं. ७ मा कभर्ड हल निर्माण हुने भएको छ ।
इलाम नगरपालिकाको कृषि बजार छेउमा बन्ने कभर्ड हलको शिलान्यास विहीबार इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले गरेका छन् । इलाम नगरपालिका मार्फत संघीय सांसद विकास कोषको २५ लाख, नगरको १५ लाख र उपभोक्ताको १० लाख गरी ५० लाखको लागतमा कभर्ड हल निर्माण गर्न लागिएको उपभोक्ता समितिका ज्ञानु दाहालले बताए ।
कभर्ड हल उद्घाटन गर्दै प्रमुख बस्नेतले सीमित स्रोत साधनका बावजुत पनि खेलकुदलाई प्राथमिकता दिएर बजेट विनियोजन गरिरहेको बताए । खेल पर्यटनको विकासका लागि पनि नगरले खेलकुदमा बजेट विनियोजन गरिेको पनि उनले बताए ।
इलाम नगरपालिका वडा नं. ७ का वडाध्यक्ष नरेश श्रेष्ठको अध्यक्षतामा सम्पन्न शिलान्यास कार्यक्रममा इलाम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कालीबहादुर भूजेल, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सटेन्द्र जबेगू, उपभोक्ता समितिका ज्ञानु दाहालले बोलेका थिए । कार्यक्रममा इलाम नगरपालिका वडा नं. ५ का वडाध्यक्ष तथा प्रवक्ता ठाकूरनारायण श्रेष्ठ, इलाम नगरपालिका वडा नं. ९ का वडाध्यक्ष श्याम घिमिरे, वडा नं. १२ का रबिन एक्तेन, कार्यपालिका सदस्य सीता रिजाललगायत खेल सम्बद्ध पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार