इनपा वडा नं. ५ ले विद्यालय र स्वास्थ्य संस्थालाई सामग्री दियो


इलाम । इलाम नगरपालिका वडा नं. ५ ले वडाका सामुदायिक, संस्थागत विद्यालय तथा स्वास्थ्य संस्थाहरुलाई खेलुकद सामग्री, कार्यालयका सामग्री, बालबालिकाका खेलौना, बाद्यवादन र स्वास्थ्य सामग्री वितरण गरेको छ ।

वडाका नौं वटा सामुदायिक विद्यालय र तीन वटा संस्थागत विद्यालयहरुलाई सामग्री वितरण गरिएको वडाध्यक्ष ठाकूरनारायण श्रेष्ठले बताए । यसरीनै वडामा रहेको स्वास्थ्य चौकी र स्वास्थ्य केन्द्रलाई पनि स्वास्थ्य सामग्री वितरण गरिएको छ ।

चालु आर्थिक वर्षमा वडाले शिक्षा तथा स्वास्थ्य शीर्षकमा विनियोजन गरेको पाँच लाखबाट सामग्री वितरण गरिएको पनि वडाध्यक्ष श्रेष्ठले बताए ।

शुक्रबार एक कार्यक्रमको आयोजना गरी वडा कार्यालयमा सामग्री वितरण गरिएको थियो । वितरण कार्यक्रममा वडाध्यक्ष श्रेष्ठसहित कार्यपालिका सदस्य सीता रिजाल, वडा सदस्य गृष्म सुब्बा र टंकबहादुर खत्रीको पनि उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार