प्रतिबन्धित औषधी सहित तीन जना पक्राउ

सुनसरी । सुनसरी धरान १ पुरानो बजारबाट प्रतिबन्धित औषधी सहित २ जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा धरान ९ कि ३० बर्षीया आस्मा खातुन र धरान २ का ३५ बर्षीय मुन्ना प्रसाद मण्डल रहेका छन् । हिजो बेलुका साढे ४ बजे खातुनले प्रतिबन्धित औषधीको कारोबार गर्ने गरेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान १ पुरानो बजारमा रहेको खातुनको कोठामा खातुन सहित मण्डललाई फेला पारी खानतलासी गर्दा मण्डलको साथबाट प्रतिबन्धित ‌औषधी १८  र खातुनको कोठामा लुकाई राखेको प्रतिबन्धित ‌औषधी ३०६ पत्ता  फेला पारेकाे प्रहरीले जनाएकाे छ । त्यसपछि दुवै जनालाई पक्राउ गरिएको हो । पक्राउ परेका दुबै जना उपर थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

यसरीनै झापा मेचीनगर नगरपालिका ५ पिपल चोक स्थितबाट लागू औषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले लागूऔषध ब्राउन सुगर सहित १ जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा सोही स्थानका २९ बर्षीय राम बहादुर निरौला रहेका छन् । हिजो दिउसो साढे २ निरौलालाई लागूऔषध ब्राउन सुगर ३९ ग्राम र तौल गर्ने डिजिटल तराजु थान १ सहित पक्राउ गरिएको हो । पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट थप अनुसन्धान भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार