माइजोगमाईको बजेट ४८ करोड

इलाम । इलामको माइजोगमाई गाउँपालिकाले ४६ करोड आठ लाख ८५ हजार सात सय ६० रुपैयाँको बजेट पारित गरेको छ ।
गाउँपालिकाको नवाैं गाउँसभाले सो रकम बराबरको बजेट पारित गरेको हो ।

गाउँपालिकाले चालु खर्च तर्फ ८ करोड ०२ लाख १९ हजार ७ सय ६० रुपैयाँ विनियोजन गरेको छ । गाउँपालिकाले सशर्त अनुदान तर्फ २१ करोड ३० लाख , विषेश अनुदान एक करोड २९ लाख र समपुरक अनुदानमा एक करोड ८३ लाख रुपैयाँ विनियोजन गरेको छ । गाउँपालिकाले पुंजीगत खर्च तर्फ १३ करोड ६४ लाख ६६ हजार रुपैयाँ विनियोजन गरेको छ ।

पुँजीगत खर्च तर्फ विनियोजित बजेटबाट आर्थिक विकासमा एक करोड १५ लाख सामाजिक विकासमा एक करोड ९८ लाख रुपैयाँ, पूर्वाधार विकामा ३ करोड ७४ लाख ५० हजार वन, वातावरण तथा विपद व्यवस्थापनमा एक करोड २५ लाख रुपैयाँ विनियोजन गरिएको छ । त्यस्तै संस्थागत विकास, सेवा प्रवाह र सुशासन तर्फ ३५ लाख रुपैयाँ अन्य पूँजीगत खर्त तर्फ एक करोड ४१ लाख १६ हजार र वर्गीकृत नभएको समपुरक कोषका लागि एक करोड २० लाख रुपैयाँ विनियोजन गरेको छ । पुँगीगत तर्फ विनियोजन गरिएको रकमबाट दुई करोड ५६ लाख रकम वडागत रुपमा विनियोजन गरिएको छ ।

आयतर्फ भने माइजोगमाई गाउँपालिकाले ९१ लाख ९० हजार रुपैयाँ आन्तरिक राजश्वबाट आम्दानी हुने अनुमान गरेको छ । त्यस्तै राजश्व बाँडफाँडबाट ७ करोड दश लाख २९ हजार सात सय ६० रुपैयाँ , चालु आवबा ३० लाख रुपैयाँ अल्या हुने, वित्तिय समानीकरण अनुदानमा दश करोड आठ ठ लाख रुपैयाँ, सशर्त अनुदानमा २१ करोड ३० ाख रुपैयाँ समपुरक आुदानमा संघ र प्रदेश गरेर एक करोड ८३ लाख रुपैयाँ र एक करोड २९ लाख रुपैयाँ विषेश अनुदानबाट प्राप्त हुने अनुमान गरेको छ । त्यस्तै प्रदेश सरकारबाट वित्तिय समानिकरण अनुदानमा ५६ लाख ६६ हजार रुपैयाँ आम्दानी हुने अनुमान गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार