चुलाचुली गाउँपालिकाको बजेट ४८ करोड ५१ लाख


इलाम । इलामको चुलाचुली गाउँपालिकाले ४८ करोड ५१ लाख रुपैयाँको बजेट पेश गरेको छ । बजेट १८ गते सभाले पारित गर्ने कार्यविधि रहेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत काजिमान राईले जानकारी दिए ।

नगरपालिकाले शसर्त अनुदानमा १८ करोड ४७ लाख रुपैयाँ आम्दानी हुने अनुमान गरेको छ । त्यस्तै वित्तिय समानिकरणमा १० करोड १५ लाख, आन्तरिक आयतर्फ तीन करोड २० लाख ६० हजार रुपैयाँ, समपुरक कोषतर्फ एक करोड ९९ लाख, ६ करोड ५९ लाख रुपैयाँ संघको राजश्वबाडफाडबाट आम्दानी हुने अनुमान गरेको छ । त्यस्तै प्रदेशबाट ३६ लाख रुपैयाँ प्रदेश राजश्वबाँडफाँड, प्रदेश समानिकरण अनुदान तर्फ ५६ लाख ४२ हजार रुपैयाँ, प्रदेशबाट समपुरक कोषका लागि एक करोड रुपैयाँ, प्रदेश सशर्त अनुदानमा पाँच लाख ५० हजार रुपैयाँ आम्दानी हुने अनुमान छ । जेठ २५ गतेसम्म गाउँपालिकाको खर्च हुने र राजश्व बाँडफाँडको रकम अहिलेसम्म आइनसकेकाले कति रकम मौजाद हुन्छ भन्ने अनुमान गर्न गाह्रो भएको प्रमुख प्रशासकिय अधिकृत राईले बताए ।

गाउँपालिकाले प्रशासनिक खर्च तर्फ पाँच करोड ८३ लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ । त्यस्तै आर्थिक विकास तर्फ एक करोड ५० लाख रुपैयाँ, समाजिक विकासमा दुई करोड ३६ लाख रुपैयाँ, विपद व्यवस्थापनमा एक करोड रुपैयाँ विनियोजन गरेको छ । संस्थागत विकासमा एक करोड नौ लाख रुपैयाँ , छ वडाको विभिन्न योजना कार्यान्वयनको लागि तीन करोड ७० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

संघीय सरकारको समपुरक कोष मार्फत कार्यान्वयन हुने योजनाको लागि दुई करोड रुपैयाँ, प्रदेश समपुरक कोषको लागि ४२ लाख रुपैयाँ, आकस्मिक मर्मत कोषको लागि ९० लाख रुपैयाँ विनियोजन गरिएको छ । गाउँपालिकाको चारवटा वडामा सडक कालोपत्रे गर्नका लागि दुई करोड २० लाख रुपैयाँ, खानेपानी तथा सिचाई आयोजनाको लागि ३० लाख रुपैयाँ र सामाजिक सुरक्षाको लागि ६ करोड रुपैयाँ विनियोजन गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार