संघर्ष र सफलताको सम्बन्ध

मानिस जन्मदाँ कस्तो हुन्छ, एक पटक कल्पना गरौं त । केवल अवोध शरीर पृथ्वीमा झर्छ । न भाषा बुझ्छ÷बोल्छ । न सोच्ने शक्ति हुन्छ । जीवनको सुरुवात आमाको गर्भबाट नै हुन्छ। मानवजाति पूर्ण रूपमा विकास भएर जन्म लिन पूरा नौ महिनालाग्छ । नौ महिनाको संघर्ष सँगै मानिसले खुला धर्तीमा सास फेर्न पाउँछ ।
मानिसले जन्मेबाट मात्र नभई जन्म पूर्वदेखि नै संघर्ष थाल्छ । यसैबाट थाहा हुन्छ । संघर्ष एक शब्द मात्र नभएर जीवन चलाउने प्रक्रिया हो भन्ने कुरा । संघर्ष कहाँ बाट सुरु हुन्छ र अन्त्य कहाँ छ भनेर थाहा पाउन निकै मुश्किल छ । तर, संघर्षको कारण सफलता कहाँ र कति बेला मिल्यो भन्ने कुरा चाहिँ प्रस्टै देख्न सकिन्छ ।
विज्ञानमा गुरुत्वाकर्षणको नियम भनेझै संघर्ष पनि एक अदृश्य नियम हो । यो नियम अरु नियमझंै कतै पनि नलेखिएकोले अलिक अपरिचित भएको देखिन्छ । तर नियम एक नियम नै हो । यो नियमलाई कसैले पनि अस्वीकार गर्न सक्दैनन ।
यो नियमले मानव जातिमा मात्र नभएर यसले सम्पूर्ण जीवजन्तु ,वनस्पति,पृथ्वी एवम पूरा ब्रह्माण्ड नै काबुमा राखेको छ । सबैकुरामा अराजकता देखाएपनि यसको निष्कर्ष मिठो र स्वादिलो छ । अर्थात् संघर्षले खाली हात राख्दैन, निचोडमा सफलता मिलाई छाड्छ । संघर्षले सवैलाई लत्याएको छ,पत्याउन सकिन्छ ? नपत्याए यता हेर्नुहोस्, पृथ्वीको सुरुवातलाई ।
मैले पनि कतै पढेर नै बुझेको हो । पृथ्वी जब उत्पत्ति भयो तब त्यहाँ कुनै पनि सहज वातावरणको कल्पना थिएन । एकदमै तातो आगोको ज्वाला, ग्याँस र उम्लिएको फलामको तातो, रातो झोल थियो। तर हजारौं वर्ष पछि यहाँ विभिन्न प्राणीको उत्पति देखियो।बीचमा एक्दमै चिसो हिउँले भरिएको पृथ्वीको समेत कुरा थाहा छ तर संघर्ष जारी थियो। अहिले पृथ्वी मात्र एक यस्तो ग्रह भयो जहाँ जीवनको बसोबास छ। पानी छ , यसैकारण जीवन पनि छ। अब भन्नुहोस् के संघर्षले सफलता हात लिएरनै छाडेन र? यसैकारण मेरो विचारमा संघर्ष एक पुरुष भए सफलता नारी दुवैलाई सही प्रकारले मिलाउन सके चर्चित जोडीको नमूना तयार पार्न सकिन्छ ।
अब एकछिन डुबाउन चाहें पृथ्वीको गहिराइमा । यहाँको सर्वश्रेष्ठ प्राणी भनेको मानिस हो । मानिसमा संघर्षको कति महत्व छ त ? यो कुरा आफै विचार गर्नुहोस् । किनकि यसको लागि हरेक पाना कम्ती पर्ने छन् । संघर्ष मानिसको जन्म अगावै सुरु भएको हुन्छ । संघर्षले नै जीवनको सुरुवात गराउँछ ।
संघर्ष नपरे जन्मने वित्तिकै मानिस रुन्छ किन होला ? तर संघर्षले हामीलाई उज्यालो दिन दिएर अँध्यारो रात लागेको हुन्छ । यतिकैमा कुरा आउँछ,संघर्ष कस्ले गर्ने त? के संघर्षले धनी गरीब ,सक्षम असक्षम , वल्लो पल्लो,पूर्व पश्चिम छुट्याउँछन् त? तपाईंको सोचमा के लाग्छ त? यता मेरो विचार सुन्नुहोस्, संघर्षले कोही कसैको पनि ख्याल राख्दैन।संघर्षको सम्बन्ध त केवल विचार ,लक्ष्य र सफलता सँग मात्रै हुन्छ। सही विचार लिएर निश्चित लक्ष्य ताकेर अघि बढ्ने मानिस जसले पनि सफलता अँगाल्न सक्छ। सफलता सधैं तपाईंको संघर्ष र उपयुक्त समयको पर्खाइमा हुन्छ।यस बाहेक सफलतालाई न त धन सम्पतिले किन्न सकिन्छ,गरिबी देखाएर माग्न नै न त दुर्बलताको खद देखाएर नै बसमा पार्न नै।सफलता निकै कठोर भएर अडिग बानेर बसेकी छिन् ।
सफलताको लोभ गर्ने मान्छे सधैं संघर्षको फन्दामा पर्दछ। त्यसलाई लक्ष्यले एकोहोरो बनाएर आफूतिर खिच्छ भने समयले दिनरात खटाउँछ। यसले मानिसको भोक प्यास खोस्छ,निन्द्रा उडाउँछ र मेहेनत सँग हात मिलाउँछ । यसबीचमा मानिसलाई कुनै पनि नकरात्मक सल्लाहहरुले अल्झ्याउन सक्दैन किनकि मानिस श्रेफÞ सफलतामा मोहित बनेको हुन्छ। यतिबेलाको भावना भने मानिसहरूमा एक युवा अवस्थामा अत्यन्तै सुन्दर लागेको युवतीमाथि परेको नजर जस्तै हो । यतिबेला ती युवती बाहेक अन्य जुन सुकै नारीहरू फिक्का पर्दछन। कतिबेला अलप हुन्छन् थाहा नै नहुने ।
फेरि फर्काउन चाहें संघर्ष तिरै । संघर्ष हरघडी चल्ने प्रक्रिया हो। यसको कुनै उमेर वा समय हद छैन। यो एक परीक्षा जस्तै हो,जसले हामीलाई साथ,सहयोग र प्रेरणाको कलम चलाएर असल वा खराब निष्कर्षमा टुङयाउँछ। यसले हामी नजिक रहेका मानिसको अस्लियत रूप ,रंगको पर्दाफास गराउँछ। मलाई यो नी थाहा छ कि संघर्ष हरेक मानिसको जीवनमा हुन्छ। यस संसारमा संघर्ष नगर्ने मानिस खोज्नु भनेको मरूभूमिमा कमल फूलको खोजी गरे जस्तै हो। हामी सवैले बाँच्नका निम्ति गरेको संघर्ष नै एक चोटिलो उदाहरणको रूपमा लिन सकिन्छ।
अन्त्यमा,संघर्ष विभिन्न परिस्थितिका पाठ बोकेको युवक जस्तै हो जसमा असल गुणहरुको अनुपम खानी छ। मायाको प्रगाढ समुन्द्र छ भने समयको उपयुक्त ज्ञान छ।यस युवकले मात्र उसको सफलतालाई प्राप्त गर्न सक्छ। संघर्षले नै जीवनलाई अर्थपूर्ण पार्छ, यहाँ असफलतालाई नआँगली सफल भएका, नलडी धावक भएका,नजानी कुरा बुझेका,र नहारी जितेका को नै छन् र? भस्मदेखि त उम्रिन सक्छ,यसकारण हामीले पनि सयौ चोट सहेर जीवनलाई अर्थपूर्ण पार्नुपर्छ र जीवनमा आइलाग्ने संघर्षको सामना गर्नुपर्छ किनकि जीवनमा संघर्ष आवश्यक छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार