इलाम नगरपालिकाको नवौं सभाबाट चिया बगान फिर्ता गर्नेदेखि ३१ वटा विशेष प्रस्ताव पारित (हेर्नुहोस प्रस्तावहरु)

इलाम । इलाम नगरपालिकाको नवौं नगरसभाले इलामको इलामको ऐतिहासिक चिया बगानको संरक्षण र सम्वद्र्धनका लागि बगानको जग्गा नगरपालिकालाई दिन सरकारसँग माग गरेको छ ।

निजी कम्पनीलाई लिजमा दिइएकाले एक सय वर्षभन्दा पूरानो मेशिनरी औजारहरु वेपत्ता बनाउनका साथै बगालाई खण्डहरको रुपमा परिणत गरेको भन्दै बगान फिर्ता लिन माग गरेको हो ।
यसरीनै इलाम नगरपालिकालका नवौं सभाले जिल्लाको विकाससँग सम्बन्धित ३१ वटा विशेष प्रस्तावहरु पारित गरेको छ ।

हेर्नुहोस् नगरसभाले पारित गरेको विशेष प्रस्तावहरुः

(१) इलाम नगरपालिका ऐतिहासिक महत्वको हिसावले २०० वर्ष भन्दा पहिले स्थापना भएको साविक मेची अञ्चलको सदरमुकाम साथै इलाम जिल्लाको सदरमुकामको हैसियतमा रहेको महत्वपूर्ण सहर रहेको र इलाम नगरपालिका वि.सं. २०१५ सालमा स्थापना भई मुलुकमा स्थापना भएको पुरानो नगरपालिका मध्येको एउटा नगरपालिका हो । यो नगरपालिका ऐतिहासिक, प्राकृतिक, सांस्कृतिक साथै कृषि तथा अन्य उद्योग व्यवसायको दृष्टिकोणले मुलुक र विदेशमा समेत परिचित हरितनगरको रुपमा सबैको आकर्षणको केन्द्र रहेको छ । यो वास्तविकतालाई नियाल्दा इलाम नगरपालिकाको समुद्धिको आधारमध्ये पर्यटन नै सबैभन्दा महत्वपूर्ण आधार रहेको तथ्यलाई महसुस गरी इलाम नगरपालिकालाई पर्यटकीय नगर घोषणा गरिएको हुनाले यस अनुरुपका कार्यहरुलाई सम्बोधन गरी सहयोग गर्न संघीय तथा प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय गरियो ।
(२)कोभिड महामारीबाट थलिएको औद्योगिक तथा व्यावसायिक क्षेत्रलाई पुनरताजगी गर्न सहुलियतको कार्यक्रम ल्याउन संघीय तथा प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय गरियो ।
(३)कोभिड महामारी रोकथाम तथा नियन्त्रणका लागि सबै नागरिकहरुलाई कोभिड विरुद्धको खोप उपलब्ध गराउन संघीय सरकारलाई अनुरोध गर्ने निर्णय गरियो ।
(४) कोभिड महामारीको प्रकोपबाट नागरिकहरुलाई बचाउन इलाम अस्पतालमा भेन्टिलेटर, आइसियु जस्ता सेवा सञ्चालन गर्ने व्यवस्थाका लागि संघीय तथा प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय गरियो ।
(५)इलाम सदरमुकाममा रहेको इलाम अस्पताललाई ५० शैयाको अस्पताल सरकारले घोषणा गरेपनि यस बमोजिमको सेवा अस्पतालले पु¥याउन सकिरहेको छैन । अस्पतालमा विगत ३ वर्षदेखि आठ वटा विशेषज्ञ सेवासहित १६ जना डाक्टरको दरबन्दी स्वीकृत भए पनि कुनै विशेषज्ञ सेवा संचालन हुन नसकेको कारण इलामका आम नागरिक स्वास्थ्य सेवाको लागि जिल्ला बाहिर जान बाध्य बनिरहेका यो परिस्थितिको महसुस गरी इलाम अस्पताललाई सरकारले निर्णय गरे बमोजिमको हैसियतमा अस्पताल संचालन गरिदिन र इलाम अस्पताललाई २०० शैयाको अस्पतालमा रुपान्तरणका लागि योजना कार्यान्वयन गरि दिन साथै इलाम अस्पतालमा रहेको डायलोसिस मेसिन सञ्चालनका लागि आवश्यक प्राविधिक सहयोग उपलब्ध गराई दिन नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरियो ।
(६) इलाम नगरपालिका वडा नं. ९ स्थित फाल्गुनन्द सुकिलुम्वा विमानस्थललाई चाडै सञ्चालनमा ल्याउन, माननीय पर्यटन मन्त्रीज्यूबाट उद्घोषण भए अनुरुप सो क्षेत्रमा पाइलट ट्रेनिङ्ग स्कुल स्थापनाका लागि आवश्यक प्रक्रिया अगाडि बढाई बहुउपयोगीे ढङ्गबाट विमानस्थल प्रयोगको लागि आवश्यक व्यवस्था गरिदिन नेपाल सरकारमा अनुरोध गर्ने निर्णय गरियो ।
(७) इलाम नगरपालिका वडा नं. ७ स्थित नेपाली सेनाको स्वामित्वमा रहेको ठूलो टुँडिखेलमा विगतदेखि विभिन्न सार्वजनिक सभा समारोह तथा खेलकूद विकास कार्यक्रम आयोजना हुँदै आएको र सोे टुँडिखेल नेपाली सेनाको गढीथुम्का ब्यारेकदेखि टाढा रहेको तथा बजार क्षेत्रसँग जोडिएकोले सो ठूलो टुँडिखेलको सटृामा गढीथुम्का ब्यारेकलाई सहज हुने जग्गा उपलब्ध गराउने गरी उक्त ठूलो टुँडिखेल इलाम नगरपालिकालाई हस्तान्तरण गरी दिनका लागि पुनः नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरियो ।
(८) इलाम सदरमुकाममा रहेका सरकारी कार्यालयहरु अन्य जिल्लामा सारेको (जस्तै ः खानेपानी कार्यालय, पशु अस्पताल, सहरी विकास कार्यालय) र सडक डिभिजन कार्यालय समेत अन्यत्र सार्ने चर्चा चलिरहेकोमा सारिएका कार्यालयहरु पुनस्र्थापना गर्न र सडक डिभिजन कार्यालय यथावत राख्न पुनः नेपाल सरकारसँग अनुरोध गर्ने निर्णय गरियो ।
(९) इलाम जिल्ला कृषि क्षेत्रमा अग्रणी जिल्ला रहेको र यस क्षेत्रको आर्थिक समृद्धिको मुख्य आधार कृषि भएको हुनाले कृषि क्षेत्रको समग्र विकास, उन्नयनका लागि इलाम नगरमा कृषि अनुसन्धान केन्द्र स्थापनाका लागि नेपाल सरकार र प्रदेश सरकारमा अनुरोध गर्ने निर्णय गरियो ।
(१०) मेची राजमार्गलाई समयानुकूल विस्तार गर्नका लागि २ लेनको सडकको रुपमा विकास गरि दिन संघीय सरकारमा अनुरोध गर्ने निर्णय गरियो ।
(११) इलाम नगरपालिका वडा नं. ९ र १२ को पुवाखोला रातेबगरमा पक्की पुल निर्माणका लागि सर्भेक्षण भइसकेको हुनाले पुल निर्माणका लागि नेपाल सरकारलाई पुनः अनुरोध गर्ने निर्णय गरियो ।
(१२) इलाम सदरमुकामलाई अन्य पालिकाहरुसँग सडक सञ्जालबाट जोड्ने सडकहरु (जस्तै ः गोदक सिमलगोलाइ बेनीनगर तिल्केनी वैकल्पिक राजमार्ग, राष्ट्रिय विभुति फाल्गुनन्द सुकिलुम्वा हवाईमैदान माङसेबुङ्ग सडक इलाम बेलासे झापा सडक, इलामबजार माइपोखरी सन्दकपुर सडक, रत्नचोक इन्टेक साङ्गरुम्वा मंगलबारे सडक, सुम्बेक रिब्स सडक, सिंगफ्रिङ्ग नयाबजार सडक, बेनीनगर बज्रदेवी नयाँबजार सडक लगायतका सडकहरु) निर्माण तथा स्तरोन्नति÷कालोपत्रे गर्नका लागि संघीय तथा प्रदेश सरकारसँग पुनः माग गर्ने निर्णय गरियो ।
(१३)नेपाल सरकारले पूर्वी पहाडको पाँचथर र इलाम मध्ये एक स्थानमा मेडिकल कलेज स्थापनाका लागि सम्भाव्यता अध्ययन गरिसकेको र मेडिकल कलेज स्थापनाका लागि संभावित जग्गा तथा पूर्वाधार पहिचान गरिसकेकोे हुँदा सो मेडिकल कलेज इलाम नगरमा स्थापनाका लागि नेपाल सरकार, शिक्षा मन्त्रालयमा अनुरोध गर्ने निर्णय गरियो ।
(१४) इलाम नगरपालिकाद्वारा सञ्चालित इलाम सामुदायिक आँखा अस्पतालका लागि आवश्यक औजार उपकरण तथा प्राविधिक जनशक्ति उपलब्ध गराई सहयोग गर्न संघीय सरकार र प्रदेश सरकारमा अनुरोध गर्ने ।
(१५) इलाम नगरपालिकाद्वारा सञ्चालित इलाम सामुदायिक कृषि क्याम्पसका लागि आवश्यक सहयोग उपलब्ध गराउन संघीय सरकार, प्रदेश सरकार र पूर्वाञ्चल विश्वविद्यालयलाई अनुरोध गर्ने ।
(१६) जलाशययुक्त विद्युत पूर्वाधार निर्माण तथा उत्पादन सम्बन्धमा माइजोगमाईको दोभानदेखि दोलखा हाइड्रोको इन्टेकको मास्तिर रहेको साँगुरो जग्गामा जलाशय हुने गरी बहुद्देश्यीय बाँध बाँधी विद्युत उत्पादनको लागि इलाम नगरपालिकाले प्रक्रिया अगाडि बढाई नेपाल सरकार समक्ष अनुरोध गर्ने निर्णय गरियो ।
(१७)नेपालको संविधानको अनुसूची ८ बमोजिम आधारभूत र माध्यमिक शिक्षा स्थानीय तहको अधिकारको सूचीमा परेको भए पनि नेपाल सरकारको वर्तमान नीतिका कारण सो अधिकार निर्वाध रुपमा प्रयोग गर्न विभिन्न बाधा अड्चन र कठिनाईहरुको सामना गर्नु परिरहेको हुँदा संविधानबाट प्रदत्त अधिकारको निर्वाध प्रयोग गर्न पाउने व्यवस्थाका लागि नेपाल सरकारमा अनुरोध गर्ने निर्णय गरियो ।
(१८) नेपालको संविधान बमोजिम ३ तहको सरकार गठन भई क्रियाशील रहेको र ३ तहको सरकारको काम कर्तव्य संविधानमा स्पष्ट हुँदाहुँदै पनि संघ र प्रदेशबाट सानामसिना योजना तथा कार्यक्रमहरु स्थानीय तहमार्पmत सम्पादन हुनु पर्नेमा संघ प्रदेशबाटै हुने गरेको पाइएकोले सानामसिना योजना तथा कार्यक्रमहरु स्थानीय तहमार्पmत सम्पादन गर्ने गराउने व्यवस्था मिलाउन नेपाल सरकार तथा प्रदेश सरकारमा अनुरोध गर्ने निर्णय गरियो ।
(१९)स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ५ र ६ अनुसार वडाको संख्या तथा सिमाना हेरफेर गर्न सकिने भएको हुँदा इलाम नगरपालिकाको आठौ नगर सभाको निर्णयानुसार इलाम नगरपालिका वडा नं. ९ लाई जनसंख्या र भूगोलको आधारमा वडा विभाजनको लागि प्रदेश सरकारमार्पmत मन्त्रालयमा अनुरोध गरिएकोमा तत्सम्बन्धी कुनै जानकारी प्राप्त नभएको हुनाले आगामी स्थानीय निर्वाचन अगावै उक्त वडा नं. ९ को वडा विभाजनको कार्य गरि दिन पुनः प्रदेश सरकारमार्पmत संघीय सरकारमा अनुरोध गर्ने निर्णय गरियो ।
(२०) नेपाल सरकारबाट प्रारम्भिक बाल विकास सहजकर्ता र विद्यालय कर्मचारीहरुको पारिश्रमिक अभिबृद्धि गरिएको र इलाम न.पा. को आन्तरिक आयको अवस्था कमजोर रहेको हुनाले सो पारिश्रमिकमा अभिबृद्धि भएको रकम समेत निकासा दिने व्यवस्था मिलाई दिन संघीय सरकारमा अनुरोध गर्ने निर्णय गरियो ।
(२१) बाँदर, बँदेल, मृग, दुम्सी लगायत वन्यजन्तु र मानवको द्वन्द्वलाई व्यवस्थापन र बाँदरलाई व्यवस्थापन गर्न प्रचलित ऐन संशोधनका लागि नेपाल सरकारसँग अनुरोध गर्ने साथै मानव र बन्यजीवजन्तु बीचको सो द्वन्द्व न्यूनीकरणका लागि सामुदायिक वनमार्पmत नै कार्यक्रम कार्यान्वयन गर्दा प्रभावकारी हुने देखिएकोले सामुदायिक वन उपभोक्ता समूहहरुले स्थानीय जातको फलपूmल, केरा, बयर र कन्दमूल १० प्रतिशत अनिवार्य लगाउने, रैथाने बोटविरुवालाई प्राथमिकता दिने साथै महिनामा कम्तीमा एक पटक अनिवार्य रुपमा कृषि तथा भेटनरी प्राविधिकसहितको कृषक चौतारीको व्यवस्थापन मिलाउन सामुदायिक वन उपभोक्ता समूहलाई अनुरोध गर्ने निर्णय गरियो ।
(२२) पर्यटन प्रवद्र्धनको लागि इलाम बजारलाई केन्द्र मानेर आसपासका क्षेत्रहरुमा पर्यटकीय आकर्षण विकास गर्ने, प्याकेज तयार गरी सरोकारवाला व्यक्ति, संघसंस्थामार्पmत बजारीकरण गर्ने र उल्लिखित कार्यमा सहयोगको लागि नेपाल पर्यटन बोर्डलाई अनुरोध गर्ने निर्णय गरियो ।
(२३) स्थानीय उपजको बजारीकरण, स्थानीय रोजगार सिर्जना, स्थानीय उद्योग उद्यमहरुको उपयुक्त व्यवस्थापन जस्ता कार्यको लागि नगरपालिकास्तरीय उद्योग ग्राम स्थापना र सञ्चालन गर्ने निर्णय गरियो ।
(२४) कृषि पेशालाई व्यवसायीकरण गर्नका लागि नगरपालिका भित्र रहेका खेतीयोग्य जमिनको पहिचान गरी उक्त ठाउँमा उचित सिंचाईको व्यवस्थापन गर्ने निर्णय गरियो ।
(२५)महिला उद्यमी÷व्यवसायीहरुको लागि सरल र सस्तो व्याजदरमा बैंक तथा वित्तीय संस्थाहरुबाट ऋण उपलब्ध गराउन नगरपालिकाबाट विशेष पहल गर्ने निर्णय गरियो ।
(२६) इलाम नगरपालिकाको केन्द्रको रुपमा रहेको इलाम बजारलाई तराई र मुल राजमार्ग छोटो दुरीको मार्गबाट जोडी यसको आर्थिक क्रियाकलापलाई कमजोर बन्न नदिई थप विकासमा अगाडि बढाउन आवश्यक भएकोले बिर्तामोड दानाबारी चिसापानी सोयाक बेलासे हुँदै इलाम ९ भन्ज्याङ्गसम्म र चिसापानीदेखि माईखोलासम्मको छोटो दुरीको राजमार्ग निर्माण गर्न नेपाल सरकार तथा प्रदेश सरकारसँग अनुरोध गर्ने निर्णय गरियो ।
(२७)इलाम सदरमुकाममा रहेको चिया बगान वि.सं. १९२० सालमा स्थापना गरेको नेपालको सबै भन्दा पुरानो चिया बगान हो भने यहाँको कारखाना वि.सं. १९३५ सालमा स्थापना भएकोे मुलुकको दोस्रो पुरानो कारखाना हो । तर आज यी ऐतिहासिक तथा पुरातात्विक बगान र चिया कारखाना उजाड र खण्डहर बनेको छ । नेपाल सरकारले निजीकरण गर्ने सन्दर्भमा यी ऐतिहासिक र पुरातात्विक सम्पदा निजी कम्पनीलाई लिजमा दिएको छ । निजी कम्पनीले इलामको चिया कारखानाका १०० वर्ष भन्दा पुराना पुरातात्विक महत्वका मेसिन उपकरण अन्यत्र लगी १०० वर्ष भन्दा पुराना मेसिनरी औजारहरु बेपत्ता बनाई कारखाना भवनलाई खण्डहर बनाएको छ भने चिया बगान उचित संरक्षण र सम्भार नगरी चिया बगान नभई उन्युघारी बनाएको छ । यो कार्यले इलामको इतिहास गुम्दैछ भने इलामले आप्mनो सौन्दर्य र पहिचान गुमाई कुरुप बनिरहेको छ । यो कार्यले इलामको नागरिकको सम्मानमा ठेस पुगेको र आप्mनो गौरव र इतिहास नासिएको यो नगरसभा महसुस गर्दछ । अतः इलाम चिया कारखानाको १०० वर्ष भन्दा पुरानो मेसिन औजारजस्ता पुरातात्विक सम्पदाको खोजी गरी संरक्षण गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछ र यी सम्पदालाई चिया संग्रहालय र बगानलाई अध्ययन अन्वेषणको केन्द्र बनाई संचालन गर्न नेपाल सरकारलाई अनुरोध गर्ने साथै ऐतिहासिक इलाम चिया बगानको संरक्षण तथा सम्वद्र्धनका लागि चिया बगानको जग्गा नगरपालिकालाई हस्तान्तरण गरि दिन समेत पुनः अनुरोध गर्ने निर्णय गरियो ।
(२८)इलाम नगरपालिका वडा नं. १ साखेजुङ्गमा सञ्चालनमा आएको सि.टि.इ.भि.टि.अन्तर्गतको रत्न कुमार वान्तवा पोलिटेक्निक इन्स्टिच्युटमा भेटेरेनरी साइन्सको कक्षा सञ्चालन भइरहेकोमा सो इन्स्टिच्युटमा नर्सिङ्ग, एच.ए.,वन विज्ञान र इन्जिनियरिङ्ग कक्षा समेत सञ्चालनका लागी सम्बन्धित निकायमा माग गर्ने निर्णय गरियो ।
(२९)खेलकुद क्षेत्रको सम्भावनालाई उजागर गर्दै खेलकुदको विकास गर्न इलाम नगरपालिका वडा नं १० राजदुवालीमा प्रस्ताव गरिएको डिपिआर तयार गरी करिब ४९ करोडको लागत लाग्ने माई भगवती रंगशाला निर्माणमा आवश्यक रकम उपलब्ध गराई दिन संघीय सरकारलाई अनुरोध गर्ने निर्णय गरियो ।
(३०)इलाम नगरपालिका वडा नं. ७ मा सञ्चालित महेन्द्ररत्न बहुमुखी क्याम्पसलाई फूल तथा वागवानी विषयको अध्ययन, अध्यापन र अनुसन्धान गर्ने शैक्षिक संस्थाका रूपमा विकास गर्न तथा महेन्द्ररत्न बहुमुखी क्याम्पस इलाममा सञ्चालित बागवानी विषयको स्नातक तहको कार्यक्रमलाइं प्रभावकारी उत्पादनशील ढंगबाट सञ्चालन गर्न त्रिभुवन विश्वविद्यालय तथा म.र.ब.क्याम्पस इलामलाई अनुरोध गर्ने निर्णय गरियो ।
(३१) इलाम नगरपालिकालाई गाईपालनको केन्द्रको रुपमा विकास गर्न नगरपालिकाले गाईपालन व्यवसाय कार्यक्रम सञ्चालन गरी पशुपालक कृषकहरुलाई प्रोत्साहित गरिरहेको र इलाम दूध उत्पादनमा अग्रणी स्थानमा रहेको हुनाले यसको सहज बजारीकरणका लागि इलाम नगर क्षेत्रमा दूध पाउडरको कारखाना स्थापनाका लागि दूग्ध विकास संस्थानमाअनुरोध गर्ने निर्णय गरियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार