राष्ट्रिय बीमा कम्पनीले १ सय २५ प्रतिशत लाभांश दिने

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले एक सय २५ प्रतिशत लाभांश दिने भएको छ । आर्थिक वर्ष २०६७/६८ र २०६८/६९ को नाफाको आधारमा कम्पनीले बोनस सेयर दिन लागेको हो ।

कम्पनीले २०६८/६९ चुक्ता पुँजी २६ करोड ६६ लाख रुपैयाँको आधारमा १ सय २० प्रतिशत बोनस सेयर र ५.२६ प्रतिशत नगद लाभांश दिने भएको हो ।

कम्पनीको फागुन १० गते बसेको सञ्चालक समितिको बैठकले गरेको यो निर्णय बीमा समितिबाट स्वीकृत र साधारण सभाबाट पारित हुन बाँकी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार