मुस्कान एक, फाइदा अनेक

लेखक

मानव मस्तिष्कलाई प्रभाव पार्ने हाँसोले श्वासप्रश्वास तथा मास पेशी विशेषतःअनुहारका प्रणाली बढी सक्रिय हुन्छन् । यसले आवश्यक सकारात्मक हर्मोन निष्कासन हुन्छन् । हाँसो एक प्रकारको एरोबिक व्यायामहो जसले पेट र छातीका मांसपेशीलाई कसरतका साथै शरीरकोअक्सिजन प्रयोग गर्ने क्षमतालाई बढाउँछ । प्रायः हाँसिरहने मानिसका कोषमा सामान्यमा भन्दाबढी अक्सिजन प्रवाह हुन्छ जसले विकार वस्तु धेरै र छिटो बाहिर निस्कन्छ, मुटुको धड्कन र रक्तसञ्चार उत्तेजित भईं मांसपेशी बलियो रहन्छ ।

हाँसिरहने मस्तिष्कले एड्रेनालिन र कोर्टिसोल जस्ता तनाव घटाउने हर्मोन निकाल्छ, मानसिक तनावबाट पीडित हुने सम्भावना रहँदैन । इन्डोर्फिन, सेरोटोनिन र न्युरोट्रान्समिटरहरूले शरीरमाआनन्द र खुसी सञ्चार गर्छ । हाँसोले मानिसलाई फुर्तिलो, सिर्जनशील, सहयोगी र सह्दयी समेत बनाउँछ ।हाँसोबाट शरीरको प्रतिरक्षात्मक प्रणालीमा सकारात्मक असर पर्ने कुरा पत्ता लगाएका छन् ।

हाँसोले रक्तचाप र तनाव बढाउने हर्मोन घटाउँछ, रोगको संक्रमणसँग लड्ने टी कोष रक्त कोषिका, गामा इन्टरफेरोन तथा विटा कोषिका जस्ता प्रोटिन वृद्धि गराउनुका साथै शरीरबाट निस्कने प्राकृतिक दुखाइ कम गर्ने रस निकाल्छ । मुस्कानर हाँसो सर्वमान्य भाषा हुन्, जुन सवै भाषी, सबै उमेरका तथा केही जनावरले समेत बुझ्न सक्छन् ।

मानसिक तनाव, रिस, घमन्ड, भोक, पीर तथाचिन्तालाई कमगर्ने तथानकार्न प्रयोग गरिने अचुक औजार मुस्कान वा हाँसो सामाजिक जीवन तथा स्वास्थ्यका लागि अति उपयोगी मानिन्छ । शोकलाई मुस्कानले मिच्छ अनि मुस्कानले नै रिसलाई पनि जित्छ । मुस्कान भनेको जिन्दगीले जिन्दगीलाई गाँस्ने पुल हो । साहित्यले मुस्कानलाई ओछ्यान नलगाएको सुहाग भन्छ भने लेखकलाई सिर्जनाको स्रोत । मनोविज्ञान अनुसार वास्तविक हाँसो आन्तरिक अनुभूति हो र सुखमै मात्र आउँछ । वास्तविक हाँसोले आफू मात्र होइन, अरूलाई पनि आनन्द प्रदान गर्छ ।

चिकित्सकको मुस्कानले बिरामीको आधा पीडा कम गराउँछ भने शिक्षकको मुस्कानले विद्यार्थीको बुझाइ दोब्बर हुन्छ । आमाबाबुको मुस्कानले केटाकेटीमा प्रेमाभाव र सहजता विकास हुन्छ भने हाकिमको मुस्कानले कर्मचारीको कार्यशक्ति र मनोबल बढ्छ । त्यस्तै प्रेमीप्रेमिकाको मुस्कानले अर्काको गल्ती, कमजोरी, इच्छा तथा जिद्दीलाई पगालि दिन्छ र अगाध प्रेममा नाफा गाँसिदिन्छ । मुस्काउदा अनुहारका १३ मांसपेशी प्रयोग हुन्छन् भने मुख अंध्यारो पारी झोकिँदा ६४ मांसपेशी उपयोग हुन्छन् ।

हाँस्दाभन्दा रिसाउँदा वा चिन्तित हुँदा ज्यादा जोड पर्छ, धेरै मांसपेशी प्रयोग हुन्छन्, धेरै शक्ति खर्च हुन्छ र नकारात्मक प्रभावले अरू धेरै हानि नोक्सानी पुर्याउँछ ।हाँसोले तनाव घटाउने, रक्तचाप घटाउने सकारात्मक सोचाइ, आत्मरक्षा, मस्तिष्कको कार्यशक्तिमा सुधार, प्रतिरोधात्मक क्षमता बढाउने, ह्दयलाई बचावट गर्ने, मुटुमा सुप्रभाव पार्ने, आराम तथा शान्त महसुस हुने, आफूलाई राम्रो, सफलतथा सहयोगी महसुस हुने र व्यक्तिगत एवं सामाजिक सम्बन्ध तथा भावनामा सकारात्मक प्रभाव पार्छ ।

यसबारे भारतको एम्स अस्पतालले अनुसन्धान नै गरेको छ । डिप्रेसन र दुखाइ माध्यान हटाउन हाँसो उपचार ज्यादै उपयोग सिद्ध भएको छ । दैनिक १० पटकको ठूलो स्वरको हाँसोले व्यक्तिलाई स्वस्थ बनाउँछ भन्ने खोज पनिआएका छन् । औषधिका रूपमायसको प्रयोग भइरहेको छ र अनेक खोज अनुसन्धान पनि जारी छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार