एनएनटिए अनलाइन प्रशिक्षण कार्यक्रम पाँच स्थानीय तहमा सम्पन्न

  आवाज संवाददाता

इलाम ।  नेपाल राष्ट्रिय शिक्षक सगठन इलामका पाँच स्थानीय तहमा एनएनटिए अनलाइन प्रशिक्षण कार्यक्रम कार्यक्रम सम्पन्न गरेकाे छ ।  स्थानीय समितिद्वारा आयोजना भएको कार्यक्रममा  शैक्षिक सवालमा विषय विज्ञ प्रशिक्षक तथा सहजकर्ताले आफ्नो भुमिका निर्बाह गरेका थिए ।

   असार ९ गतेबाट १३ गतेसम्म चलेको कार्यक्रममा प्रत्येक पालिका समितिले १/१ दिनको सन्चालन र ब्यवस्थापन गरेका थिए भने जिल्ला समितिले समन्वय गरेको थियो।असार ९ गते इलाम नगर समितिले आयोजना गरेको कार्यक्रममा कार्यमूलक अनुसन्धान शीर्षकमा डा.ऋषिराम रिजाल तथा नेपाल शिक्षक महासघको पृष्ठभुमि, आवश्यकता र औचित्य विषयमा नेपाल शिक्षक महासघ राष्ट्रिय समिति अध्यक्ष बाबुराम थापाले प्रशिक्षण गरेका थिए ।

   १० गते सूर्योदय नगर समितिले आयोजना गरेको कार्यक्रममा एनएनटिए राष्ट्रिय समिति अध्यक्ष लक्ष्मण शर्माले नेपाल शिक्षक आन्दोलन र एनएनटिएको भूमिका शिर्षकमा प्रशिक्षण गरेका थिए। त्यस्तै ११ गते देउमाइ नगर समितिले संचालन गरेको कार्यक्रममा समसामयिक शैक्षिक सवालमा एनएनटिएको भुमिका शीर्षकमा एनएनटिए महासचिव हसबहादुर शाहीले जानकारी गराएका थिए ।        अनलाइन तथा अफलाइन शिक्षण सिकाइमा सामग्री खोज प्रयोग विषयमा एनएनटिए तालिम तथा प्रशिक्षक विभाग सयोजक केशवराज घिमिरेले सहजीकरण गरेका थिए ।

   असार १२ गते रोङ गाउँ समितिले आयोजना गरेको एनएनटिए कोष व्यवस्थापन तथा परिचालन विषयमा एनएनटिए राष्ट्रिय समिति कोषाध्यक्ष विष्णुप्रसाद भण्डारी तथा शिक्षक हित, बचत तथा  सहकारी सस्था सन्चालनको सन्दर्भ र अनुभवहरु शीर्षकमा सहकारी अभियानता चक्र बस्नेतले सहजीकरण गरेका थिए।आज १३ गते समापन भएको कार्यक्रम माइ नगर समितिद्वारा संचालन भएको थियो जसमा  केन्द्रिय अध्यक्ष लक्ष्मण शर्माले पेसागत आन्दोलनमा नेतृत्व बिकासका अभ्यासहरु शीर्षकमा प्रशिक्षण दिनुभएको थियो।अनलाइन जुम मार्फत संचालित उक्त ५ दिवसीय कार्यक्रममा दैनिक ३०० शिक्षक कर्मचारीको सहभागिता रहेको कार्यक्रममा आयोजक स्थानिय तहका अध्यक्षले अध्यक्षता र सचिबले संचालन गरेका थिए ।

   कार्यक्रम सम्पन्न गर्न ५ स्थानिय समितिबाट अध्यक्ष सचिव रहेको १० सदस्यीय व्यवस्थापन समिति र माधव भट्टराईको सयोजकमा ५ सदस्यीय प्राविधिक समिति बनाएको थियो। कार्यक्रमले वर्तमान शैक्षिक गतिविधि, शिक्षण पेसा साथै नेतृत्व विकासमा सहयोगी र उपलब्धिमूलक भएको आयोजक समिती सदस्य तथा एनएनटिए इलाम नगर समितिका सचिव अर्जुन शर्माले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार