हतारको साहित्य मानिने पत्रकारितामा छिटो-मीठो लेख्न सक्ने नाम हो, बसन्त बस्नेत। पत्रकारितामा केही थोपा मात्र ‘सौन्दर्य’ चुहाउन पाउने उनी उत्तिकै छिटो-मीठो शैलीमा आख्यान लेख्न सक्छन्।
दुई साताअघि काठमाडौं विश्वविद्यालयले बालकृष्ण समको जन्मघर पुनर्सम्भार गर्ने जानकारी गराउन एउटा भेला गरेको थियो। त्यहीँ गायक लोचन रिजालले बसन्तको उपन्यास पूरा भएको सार्वजनिक गरिदिए। उनको नयाँ उपन्यासबारे पहिलो सार्वजनिक सूचना त्यही रहेछ।
कुमार नगरकोटीको बगलमा उभिएर उनले भनेका थिए, ुकुमार नगरकोटीको नजिकै उभिएर बालकृष्ण समको घरमा मेरो उपन्यासको खुलासा हुनु कस्तो सुखद संयोग१ु
त्यो दिनको भेट नै यो कुराकानीको मियो बन्यो।
त्यसको केही दिनपछि शिलापत्रको सम्पादक कुर्सीमा बसेर उनले भने, ‘उपन्यास भदौमा सार्वजनिक हुनेछ।’
बसन्तले उपन्यासको खाका बुन्न करिब दुई वर्षअघि थालेका थिए। तर उपन्यास लेखनमा होम्मिनुअघिको सकसबाट पार पाउन उनलाई लकडाउन आउनुपर्यो। गत चैतमा लकडाउनपछि उनी जन्मथलो इलाम पुगे। बसन्त सन्ध्या प्रेमी हुन्। इलाम बसाइमा उनी नियमित इभिनिङ वाक मा जान्थे। साँझपख सुसेल्दै, गुनगुनाउँदै हिँड्दा सिर्जनात्मक खुराक भेट्थे। त्यस्तै कुनै एउटा साँझ उनलाई अब चाहिँ उपन्यास लेख्नुपर्छ भन्ने जोस पलायो।
बालकृष्ण समको जन्मघर पुनर्सम्भार गर्ने जानकारी गराउन आयोजित भेलामा भेटिएका बसन्त बस्नेत।
इभिनिङ वाकमा जाँदा एक जना मानसिक सन्तुलन गुमाएका व्यक्ति सधैं भेटिन्थे। गोदाबरी खोलाछेउ हिँड्दै गर्दा एकदिन अचानक उनी मेरो नजिक आए। मेरो हातमा भएको डटपेन खोसे र दौडिए,ु बसन्तले सुनाए, ‘खै किन, उनलाई मैले मेरो उपन्यासको पात्रसँग जोडेँ। त्यही नै उपन्यास लेखनको प्रवेश विन्दु बन्यो।’ निरन्तर २४ दिनसम्म, दैनिक १६ घन्टाभन्दा बढी लेखेपछि उपन्यासको पहिलो ड्राफ्ट तयार भयो। एकसरो लेखनले उपन्यास राम्रो वा पूर्ण हुँदैन भन्ने बसन्तलाई थाहा छ। कुनै बेला ३४ हजार शब्द लेखेर उपन्यास लेख्न तयार भइसकेको रहेनछु भनेर रोकिएको अनुभवसमेत थियो।
यसपालि भने पहिलो ड्राफ्ट लेखिसकेर उनी उमंगको आकासमा बत्तिए।’ओहो, मैले महान उपन्यास लेखेँु भनेर गमक्क पनि परे। तर आफ्नै ड्राफ्ट फेरि पढेपछि आत्मरतिमा रमाएर बस्न सकेनन्। उपन्यासलाई ‘अथेन्टिकु र पठनीय बनाउन त्यसपछिका केही महिना घोट्टिए। यसका लागि उनले ‘पियर रिभ्यू’ र पुनर्लेखनमा विशेष जोड दिए।
बसन्तको पुनर्लेखन प्रक्रिया जान्नुअघि उपन्यासको संक्षिप्त सार पढौं
यो उन्मुक्त भएर प्रेम गर्न चाहने तामाङ केटा र लिम्बू केटीको प्रेमकथा हो। उनीहरू दुवैको चाहनामा राजनीति छैन, तर दुवैले नचाहेको राजनीति उनीहरूको जीवनमा जबरजस्ती प्रवेश गर्छ। राजनीतिसँगै उनीहरूको जीवनमा धर्म पनि प्रवेश गर्छ। त्यसपछि ती दुईको प्रेम राजनीति र धर्मको चेपुवामा फस्छ। अनि, मुख्य पात्रहरूको जीवनमा उथलपुथल आउँछ।
बसन्तले भने, ‘उपन्यासमा त्यही उथलपुथलको कथा छ। उपन्यासमा राजनीति छ तर यो राजनीतिक उपन्यास होइन। उपन्यासमा प्रेमकथा छ तर यो प्रेमकथा मात्रै पनि होइन।’
यसलाई उनी ‘राजनीतिक क्यानभासमा पोतिएको प्रेमकथाु भन्छन्। एकपटक हैन, पटक(पटक।
अब पुनर्लेखनको कुरा गरौं।
बसन्त उपन्यासको विषयवस्तु, शिल्पशैली जाँचेर आफ्ना कमजोरी र सबल पक्ष पर्गेल्न चाहन्थे। उनलाई आफ्नो कमजोरीसँगै उनले लेखेको ठीक छ भनेर आश्वस्त पारिदिने कोही चाहिएको थियो।
ती कोही र केहीमध्ये पहिलो व्यक्ति हुन्, पल्पसा क्याफेका लेखक नारायण वाग्ले।
बसन्तको अपेक्षाअनुसार वाग्लेले टिप्पणी दिए,तिम्रो उपन्यासमा प्रेमी खुलेर आएको छ, तर प्रेमिकाको व्यक्तित्व खैरु
बसन्तले उपन्यासको मूल पात्रलाई लामै समयदेखि पछ्याएका थिए। मूल पुरुष पात्रको विकासक्रमबारे उनले पर्याप्त तयारी गरेका थिए।
त्यति नै तयारी महिला पात्रबारे गरेको थिइनँ। नारायण दाइको प्रश्नले म झस्किएँ। त्यो अतिमहत्वपूर्ण प्रश्न थियो। त्यसपछि स्थलगत रूपमै महिला पात्रको चरित्र विकासमा काम गर्न थालेँ। उहाँको सुझावअनुसार दोस्रो ड्राफ्ट सकाउन एक महिना लाग्यो।
बसन्तको उपन्यासको प्रकाशक फाइन प्रिन्ट हो। उनले दोस्रो ड्राफ्ट प्रकाशक अजित बराललाई दिए। अजित साथीहरूमाझ असन्तुष्ट पाठक(समालोचकका रूपमा चिनिन्छन्। बसन्तले यो स्वभाव बुझेरै अजितलाई उपन्यास पढ्न दिएका थिए। अजितले उपन्यासको ुफ्रेमवर्कु राम्रो बनाउन उपयोगी हुने प्रशस्तै सुझाव दिए।
त्यसपछि उपन्यास पढ्ने सूचीमा ‘काठमाडौंमा एक दिनु की लेखक शिवानी सिंह थारू जोडिइन्। बसन्तको नजरमा अध्ययनशील लेखक शिवानी यो क्रममा उनको उपन्यासको ‘सुपर सम्पादकु बनिन्।
शिवानीजीले पत्रकार व्यक्तित्व हाबी भयो, लेखक व्यक्तित्व अझै आएन भन्नुभयो। किताब निकाल्न हतार नगुर्नस् भन्दै १२ वटा किताब र केही सिनेमा हेर्ने काम थपिदिनुभयो। जसले मलाई उपन्यास रिभाइज गर्न धेरै सहयोग गर्यो, उनले भने।
शिवानीको सुझावका आठौं किताब पढी नभ्याउँदै बसन्त शिलापत्रु का सम्पादक बने। उपन्यास लेख्न सुरू गर्दा उनी नेपालु म्यागेजिनका सम्पादक थिए। नयाँ सम्पादकको पदमा बसेपछि उनले अरू किताब पढ्न भ्याएनन्।
त्यसपछि पालो आयो, उनका मित्र लेखक बुद्धिसागरको।
‘कर्णाली ब्लुजु का लेखक बुद्धिसागर उनका यस्ता साथी हुन्, जसले कुनै वर्षको कुकुर तिहारमा बसन्तलाई’ कुकुरलाई जस्तै माया गरेर उपन्यास लेखु भनेका थिए। उपन्यास नलेखेकामा अर्को सालको कुकुर तिहारमा झाँको झार्ने गरी थर्काएका पनि थिए।
बुद्धिसागरले बसन्तको अपेक्षाअनुरुप उपन्यास राम्रो बनाउने सम्भावना अझ फराकिलो बनाइदिए।
बसन्तको उपन्यासको मूलकथा २०५५ देखि २०६२ सालभित्र छ भने यसको पृष्ठभूमि सात सालसम्मै तन्किन्छ। उनी उपन्यासमा आउने राजनीतिक सन्दर्भ वा परिवेशबारे ‘पोलिटिकल्ली करेक्टु हुन चाहन्थेनन्। तर उपन्यासको राजनीतिक संकथन जाँच्नमा सचेत थिए।’
‘मेरो वैचारिक अस्पष्टता स्पष्ट पार्नसक्ने, साहित्य मज्जाले बुझेको कोही चाहिएको थियो,’ बसन्तले भने।
यो जाँचपड्तालका लागि उनले राजनीति र साहित्यमा दख्खल राख्ने अध्येता भास्कर गौतमलाई रोजे। उपन्यासको राजनीतिक संकथनबारे ढुक्क हुन र अन्य केही त्रुटि पत्ता लगाउन गौतमको सुझावअनुसार उनले काम पनि गरे।
पुनर्लेखन यात्रा यहीँ सकिएन।
छैठौं पाण्डुलिपि उनले फेरि अजितलाई पढ्न दिए। यसपटक त अजितले झन् हरेक पानामा टिप्पणी दिएको बसन्त बताउँछन्।
सातौं ड्राफ्टका रूपमा उपन्यासले पूर्णता पायो। यो प्रक्रियामा झन्डै ३० हजार शब्द थपियो। बसन्तले यसपालि लेखेको लामो स्टोरी ५८ हजारबाट ९० हजार शब्द पुग्यो।
सुझाव लिने र त्यसैका आधारमा पुनर्लेखन गर्ने काम झन्झटिलो हुन्छ। बसन्तले भने, ुतर त्यो नगरी नहुने काम थियो।ु
पुनर्लेखन अभ्यास लेखकका लागि यस्तो ऐना हो, जहाँ अरूको नजरबाट आफूलाई जाँच्न पाइन्छ। ऐनामा देखिएका गडबड मिलाउने क्रममा बसन्तले उपन्यासको आरम्भ र अन्तसमेत हेरफेर गरे, घटना उही हुन्, त्यसको प्रस्तुति अर्कै बनाएँ। उपन्यासको सुरूआत बुद्धिसागर र भास्करजीको सुझावअनुसार अलि फरक भयो। उपन्यास जहाँ टुंगिएको छ, त्यहाँ पुग्नुमा शिवानीजीको हात छ।
आख्यानमा पात्र वा परिवेश निर्माण जोखिमपूर्ण काम हो भन्ने बसन्तलाई थाहा नभएको होइन। तर यसपटक उनले यो कुरा अझ नजिकबाट महशुस गरे, ‘यो काम सटल रूपमा गर्न नसके लेखकले आफ्नो निर्णय पात्रहरूमा लादेजस्तो देखिने रहेछ। निर्णय लादिएको जिन्दगी होस् वा उपन्यास, दुवै राम्रो हुँदैन।’
यस्तो समस्याबाट उनी पनि मुक्त थिएनन्। पियर रिभ्यू क्रममा आफ्ना कमजोरी सुधार्ने मौका पाएको उनले स्वीकारे।
कुराकानीमा उनले अलिकति विम्ब चुहाइहाले, ‘पहिला बगैंचा राम्रो लाग्थ्यो। माली भएर हेर्न थालेँ। समग्रमा हेरिन्थ्यो, सूक्ष्मतामा हेर्न थालेँ। पाँचै जनाप्रति कृतज्ञ छु।’
आख्यानमा महिनौं चुर्लुम्म डुबेका बसन्तको यसअघि संविधान, मधेस र नाकाबन्दीको सेरोफेरोमा लेखिएको गैरआख्यान ु७२ को विस्मयु प्रकाशित छ। उनको उत्साह भने पहिलो कृति सकाएको लेखकको जस्तै छ। भने, ‘लेख्दै गर्दा उत्कर्षको आनन्दमा थिएँ। पहिलो प्रेममा परेको प्रेमीजस्तै रोमरोम(कोषकोष रोमाञ्चित भयो।’
उनको कला(साहित्यप्रतिको लगाव नै यसको मुख्य कारण हो।
हाम्रो कुराकानीअघि उनी परराष्ट्रमन्त्रीसँग भेटेर आएका थिए। कुराकानीपछि उनलाई सम्पादकीय लेख्नु थियो। उनले भने, ‘तर हेर्नु न, ती कामभन्दा उपन्यासको गफ गर्दा आउने आनन्द नै अर्कै छ।’
त्यो आनन्द उनले कविता वा कथा लेखेर भेटेनन्। उनी आख्यानलाई फोटो, भिडिओ, अडिओ वा पेन्टिङभन्दा शक्तिशाली विधा मान्छन्। जीवनमा आफूले खोजिरहेको आनन्द र तृप्ति दिने खुराक आख्यानमा भेटेको बताउँछन्।
उनले यो उपन्यासको विषयलाई ‘लिम्बूवान क्षेत्रमा भएका अन्तरजातीय विवाहका सम्भावना र चुनौतीु जस्तो शीर्षक पनि त दिन सक्थे’
‘आख्यान जीवनहरूमा हुने घटनाको नक्कल भन्छन्। तर यो कहिलेकाहीँ वास्तविकताभन्दा बढी वास्तविक हुन्छ। त्यसैले लिम्बूवानको यथार्थ ल्याउन कल्पनाको सहारा लिएँ,’ उनले भने।
धेरै लेखक आख्यानमा आफ्नो कथा भन्छन्, काल्पनिक पात्रको माध्यमबाट आफैं उपस्थित पनि हुन्छन्। बसन्त भने आफ्नो उपन्यासका मुख्य पात्रमा आफू नभेटिने दाबी गर्छन्।
‘त्यसो भए, उपन्यासभित्र तपाईंको उपस्थिति कहाँ छरु’
‘मुख्य पात्रमा छुइनँ। बरू सहायक पात्रमा कहीँ कतै भेटिन सक्छु।’
बसन्त आफ्नो पात्रमा नभएर उपन्यासको राजनीतिक परिवेश र पात्रको नियतिमा आफूलाई भेटिने तर्क गर्छन्। भन्छन्, ‘पात्रहरूले स्वस्फूर्त निर्णय लिनुपर्छ। पात्रको नियति र राजनीतिक परिवेश कस्तो बनाइदिने हामी लेखकको हातमा हुन्छ। लेखकको राजनीति नै त्यही हो। आख्यान परिवेश मात्र होइन, राजनीतिक परिवेश पनि लेखकले बनाउँछ। राजनीतिक परिवेश पात्रको विकासक्रममा आउँछ। उपन्यासमा नियति नै पात्र बनेर आउँछ।’
मेची अञ्चलका ताप्लेजुङ, पाँचथर, इलाम र झापा गरी चार जिल्ला उपन्यासले समेटेको परिवेश हो। बसन्तका अनुसार उनका ड्राफ्ट पढ्नेले उपन्यासको ताजा कथा र सेन्स अफ ह्युमरसहितको संवादको प्रशंसा गरेका छन्।
बसन्त आफ्नै लागि भाषा प्रयोग हिसाबले पनि उपन्यास विशेष छ। भने, ‘९० हजार शब्दको किताबमा नेपाली शब्दकोषमा करिब एक हजार शब्द प्रयोग भएका छन्। झन्डै सयजति शब्द आफै छन्, जुन बिल्कुलै नयाँ छन्।’
‘९० हजार शब्दको किताबमा बृहत् नेपाली शब्दकोषमा नभेटिने झन्डै एक हजार नयाँ शब्द छन्। एक हजारमध्ये सयजति मैले आफैं बनाएका शब्द पनि छन्।’
बसन्तसँग कुराकानी गर्दासम्म उपन्यासको नाम छिनोफानो हुन बाँकी थियो। मोबाइल सन्देशमा उनले हालै उपन्यासको नाम पठाएका छन्, ‘टाढा पहाडमा’
‘टाढा पहाडमाु नाम रोज्नुमा उनीसँग अनेक कारण छन्। किताबमा चित्रण गरिएको पहाडी परिवेश पात्रजत्तिकै महत्वपूर्ण छ। उनले भने, ुहाम्रो देश, समाजमा के भइरहेको छ भन्ने बुझ्न पहाड राम्रो विम्ब हो।’
यसबाहेक पहाडमै हुर्केका उनको पहाडसँग भावनात्मक साइनो हुने नै भयो।
‘पहाडी गोरेटोमा हिँड्दाहिँड्दै अचानक आँसु आउँछ, दुःखको होइन सुखको। पहाडले म कहाँबाट आएको हो भन्ने बोध दिलाउँछ,’ बसन्तले भने, ‘सिर्जनात्मक योजनाहरू पहाडमै फुर्छन्। मेरो अनुमान, बुढेसकालको थकाइ पनि उतै मारिन्छ होला, टाढा पहाडमा।’
सेताेपाटीबाट