इलाममा संक्रमण दर पुनः बढ्दै, इलाम कारागारका ११ कैदीमा संक्रमण

  आवाज संवाददाता

इलाम । इलाममा पुनः कोराना संक्रमण दर बढ्दै गएको छ । निषेधाज्ञा केही खुकुलो गरेसँगै संक्रमण दर पनि बढ्दै गएको हो ।

केही दिनअघि जिल्लामा संक्रमितको संख्या ७ जनासम्ममा झरेको थियो । अहिले बढ्दै गएर मंगलबार २२ जना पुगेको छ ।

आइतबार इलाम कारागारका ११ जना कैदी, साखेजुङ्गका २ जना सहित इलाम नगरपालिकामा १४ जना, माइ नगरपालिकामा ४ जना, रोङमा २ जना, माङसेबुङमा १ जना र माइजोगमाई गाउँपालिकामा १ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमणका कारण जिल्लामा मृत्यू हुनेको संख्या भने ४४ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार