सञ्चारकर्मी सक्रमित बनेपछि सञ्चारगृह बन्द

  आवाज संवाददाता

इलाम । सञ्चारकर्मी संक्रमित भएपछि इलामको सूर्योदय नगरपालिकामा रहेको बुद्धबाणी एफएम अनिश्चित कालका लागि बन्द भएको छ ।
सञ्चार गृहमा अहिले कार्यरत सबै सञ्चारकर्मी संक्रमित भएपछि एफएम बन्द भएको हो । सूचना जारी गर्दै रेडियो बन्द गर्नुपर्ने बाध्यता रहेको जनाइएको छ । सञ्चारगृहमा कार्यरत चार सञ्चारकर्मी संक्रमित भएका छन् । कार्यालय प्रमुख दिनेश महत, समाचार प्रमुख मनोज अधिकारी,समाचार बाचक विवेक घिमिरे र प्राविधिक रविन गुरुङलाई संक्रमण देखिएको छ ।
महतलाई केही दिनअघि नै संक्रमित बनेका हुन् । उनी अहिले होमआइसोलेसनमा छन् । अन्य सञ्चारकर्मीको भने आज मात्र्रै एन्टिजेन पोजेटिभ आएको सूचनामा उल्लेख छ ।

       योसँगै यो भेरिएन्समा संक्रमित हुने पत्रकारको संख्या १२ पुगेको छ । यसैक्रममा पत्रकार महासंघ इलाम शाखाले प्रेस विज्ञप्ति जारी गर्दै कोभिडकै कारण बिज्ञापन बजार अत्यन्त न्यून हुँदा पत्रपत्रिका, रेडियो र अनलाइन सञ्चार माध्यमको प्रकाशन÷प्रशारणमा गम्भिर असर पुगिरहेको जनाएको छ । महासंघका अध्यक्ष विप्लव भट्टराई र सचिब भीम चापागाईंद्वारा जारी संयुक्त हस्ताक्षरीत बिज्ञप्तिमा जिल्लामा रहेर पत्रकारीता गरीरहेका पत्रकारले कोरोनाकै कारण विस्थापित हुनुपर्ने अवस्था सृजना भएको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार