(क)ओलम्पिक खेल र यसको पृष्ठभूमि ः आधुनिक विश्वमा ओलम्पिक खेल एक अन्तराष्टिूय खेल महासंग्रामको रुपमा परिचित छ । खेल संसारमा ओलम्पिक खेल सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता हो । यो हरेक ४ वर्षमा आयोजना गरिन्छ । कुनै पनि राष्ट्र खेलकुदमा कति विकसित छ,त्यसको सही लेखा(जोखा प्रत्येक ४ वर्षमा आयोजना हुने यस ओलम्पिक खेलले निर्धारण गर्छ । त्यसैले प्रत्येक राष्टू ओलम्पिक खेलमा आफ्नो राष्टूकोतर्फबाट सर्वोत्कृष्ट प्रदर्शन होस् भन्ने चाहन्छन् र खेलकुदको क्षेत्रमा ठूलो हिस्सा र मेहनेत लगानी गर्न तयार हुन्छन् । अझ ओलम्पिक खेलमा पदकहरू जित्नु भनेको राष्टूको सुर्कीति बढाउनु नै हो भनिन्छ । जसरी नेपालले सगरमाथाको देश भनेर गर्व गर्छ, ओलम्पिक खेलमा उत्कृष्ट प्रदर्शन र नतिजाले त्यो देशको सान र गरिमा पनि उचो बनाएको महशुष पक्कै हुन्छ । ओलम्पिकले ुएक विश्व,एक सपनाुको स्थान ओगटेको छ । यो एकताको सिद्धान्तको प्रतिबिम्ब पनि हो ।
(ख)विश्व ओलम्पिकको इतिहास ः ओलम्पिकका जन्मदाता फ्रेन्च नागरिक पियरे द कबर्टिन हुन् । बिभिन्न दस्ताबेजहरुमा उल्लेख भए अनुसार प्राचीन ओलम्पिकको सुरुआत इसापूर्व ७७६ मा युरोप महादेशको ग्रीस राष्टूको ओलम्पियाबाट सुरु भएको थियो । ओलम्पियामा आयोजन हुने खेलबाट नै ओलम्पिक खेलको उदय भएको हो । तर, यसपछि बन्द भएको यो खेल फेरी ब्युतँन भने १ हजार ५ सय ३ वर्ष लाग्यो । ओलम्पिक खेल ४ बर्षको अन्तरालमा आयोजना हुने गरेपनि सन् १९१६ मा आयोजना हुने छैटौं संस्करणको ओलम्पिक प्रथम विश्वयुद्धका कारण तथा १९४० मा हुने बाह्रौं र १९४४ मा हुने तेह्रौं संस्करणको ओलम्पिक भने दोस्रो विश्वयुद्धका कारण हुन सकेन । यसपटक कोरोना भाइरसको महामारीपछि जापानको राजधानी टोकियो शहरमा हुने ओलम्पिक खेलको मिति अनिश्चित बनेको छ । परिस्थति सामान्य हुँदा यो खेल अघिल्लै बर्ष भइसक्नु पथ्र्यो ।
(ग) ओलम्पिक आन्दोलन र मानवताको विकास ः सुरुमा ओलम्पिक खेल पुरातन ग्रीसमा शुरू भएको थियो । जसको मुख्य कारण ग्रीकहरूको सुन्दरतामा ध्यान दिनु मुख्य चाहाना थियो । जस्तै मानौं न,पुरातन ग्रीसमा आत्मा र शरीरको सुन्दरतालाई मानव भनिएको छ । उनीहरुले एउटा संस्कृति जहाँ, एउटा व्यक्तिले केन्द्रीय स्थान ओगट्छ, ऊ ब्रम्हाण्डको मुकुट हो भन्ने गर्थे । त्यसकारण तिनीहरूको संस्कृतिमा सबै घटनाहरू व्यक्तिको व्यक्तित्व, उसको भित्री र शारीरिक सुन्दरता वरिपरि घुम्छ भन्ने बुझाइ थियो । समय विकासक्रम संगै ओलम्पिक खेलको अर्थ पनि समसामयिक हुँदै गयो । अहिले शारीरिक विकासलाई पहिलो स्थानमा राखिएको छ,त्यसैले विश्वका धेरै देशहरूले यसमा भाग लिन थालेका छन् । त्यसकारण, हामी भन्न सक्छौं कि, ओलम्पिक खेलले स्वस्थ जीवनशैलीको संरक्षण गर्दै मानव स्वास्थ्यको मूल्यलाई लोकप्रिय बनाउन र व्यक्ति आफैको महत्व देखाउन भूमिका खेल्छ । अर्को अर्थमा भन्ने हो भने यसले व्यक्ति आफु र आफु बस्ने देशको लागि सकारात्मक प्रभाव पैदा गर्छ । देशभक्ति र आफ्नो जन्मभूमिप्रति प्रेम बढाउँछ ।
(घ)ओलम्पिकको आदर्श वाक्यः ल्याटिन भाषामा(क)सिटीस(ख)अल्टियस (ग)फोर्टियस भनेर सम्बोधन हुने ओलम्पिकको आदर्श वाक्यले द्रुत,उच्च र सबैभन्दा शक्तिशाली भन्ने अर्थ लगाउँछ । कोहि(कोहिले यहिँ शब्दलाइ छिटो,अग्लो र शक्तिशाली वा द्रुत,कडा र उच्च भनेर समेत बुझ्ने गर्छन् । जे भएपनि यो आर्दश बाक्यको समिश्रणले उत्कृष्टताको परिचय दिएको छ । यो आर्दश बाक्यले बिजयलाइ महत्व नठानेर सहभागितालाइ मुख्य ठान्छ । त्यहिँ भएर ओलम्पिक खेलमा सहभागी हुनु नै मुख्य कुरा हो तर, सहभागिता संगै बिजय वा पदकले भने देश र राष्टूको सुर्कीति बढाउँछ नै ।
(ङ) प्राचीन ओलम्पिक ः ओलम्पिक भन्नासाथ प्राचीन अथवा आधुनिक के हो भनेर सोध्ने वा बुझ्ने गरिन्छ । प्राचीन ओलम्पिक सन् ३९३ सम्म मात्र चल्यो र यसपछि यो क्रम रोकियो । तात्कालीन रोमन राजा थियोडोसिसले ओलम्पिक खेल आफ्नो विरुद्ध सञ्चालन भएको सोचे । ओलम्पिक खेलले आम जनताको ध्यान खेलकुदमा तानेको थियो । यो कार्यबाट उनी क्रुद्ध भए ।
उनी इसाइ धर्मालम्बी थिए र आफ्ना जनता खेलकुदमा होइन, केवल धार्मिक काममै मात्र लागुन् भन्ने चाहन्थे । पहिलो ओलम्पिक आयोजना हुँदा त्यसमा एकै मात्र स्पर्धा थियो,२ सय मिटरको दौड । ओलम्पिकका सुरुआती १५ संस्करणसम्म त दौडका विभिन्न स्पर्धामा मात्र खेल हुने गर्थे । सुरुमा छोटो दूरीको दौड मात्र हुने गथ्र्यो, पछि लामो दूरीका दौड पनि थपिए । अचम्म त के भने त्यसमा सहभागी हुने केवल पुरुष मात्र हुन्थे ।
महिलालाई सहभागिताबाट वञ्चित गराइएको थियो । अझ विवाहित महिलालाई त खेल हेर्नबाट पनि प्रतिबन्ध लगाइएको थियो । सहभागी हुने पुरुष खेलाडी प्रायः सर्वाङ्ग हुने हुनाले पनि यस्तो भएको मानिन्छ । प्राचीन ओलम्पिकका प्रतियोगिताहरू स्टेडियम र हिपोडूोममा आयोजन हुने गर्थे । पहिलो दिन खेलाडी र निर्णायकहरूले शपथ ग्रहण गर्ने चलन थियो । दोस्रो दिन हिपोडूोममा घोड सवारी प्रतियिगिताहरू आयोजन हुने गर्थे । जसमा चारवटा घोडाको दौड खेललाई प्रमुख मानिन्थ्यो । दोस्रो दिन नै बेलुकीपख डिस्कस, लङजम्प, जेवेलिन, दौड र कुस्तिजस्ता खेलहरूको आयोजन हुनेगर्थे । तेस्रो दिन खेलाडीहरूको अंक जोडिन्थ्यो,अनि एउटा विशाल धार्मिक अनुष्ठान आयोजन गरिन्थ्यो । देवराज जिउसको स्मृतिमा पशु बलि चढाइन्थ्यो र उक्त मासु प्रसादका रूपमा खेलाडीहरूलाई वितरण गरिन्थ्यो ।
चौथो दिन विभिन्न प्रकारका दौड आयोजना गरिन्थ्यो । सोही दिन बेलुकी बक्सिङ, कुस्ती आदि खेल आयोजना हुन्थे । प्राचीन ओलम्पिकमा पदकको व्यवस्था भने थिएन । प्राचीन ओलम्पिकका पछिका संस्करणमा बक्सिङ,तरवारबाजी र कुस्ती जस्ता खेल पनि थपिए ।
(च)आधुनिक ओलम्पिक ः आधुनिक ओलम्पिकले आफ्नो स्थापनाका लागि प्राचीन ओलम्पिकलाई श्रेय दिनै पर्छ । किनकी,अहिलेको ओलम्पिकको सोच त्यही प्राचीन ओलम्पिकको इतिहासको जगबाटै तयार भएको हो । प्राचीन ओलम्पिकबाट आधुनिक ओलम्पिक सम्मको यात्रामा आइ पुग्न भण्डै करिव सोह्रसय बर्ष पर्खनु परेको इतिहाँस छ । आधुनिक ओलम्पिकका जन्मदाता प्रान्सका पिअरे कुबर्टिन हुन् ।
आधुनिक ग्रीष्मकालिन ओलम्पिक सन् १९८६ मा ग्रीसको एथेन्सबाट सुरु भएको पाइन्छ । ग्रीसका राजा जर्जले खेलको उद्घाटन गरेका थिए । १३ राष्टू सहभागी त्यो बेला ९ वटा खेलका ४३ बिधा समावेश गरिएका थिए । सो खेलमा १४ देशका महिला र पुरुष गरी २ सय ४१ खेलाडीले सहभागिता जनाएका थिए । त्यसमध्ये १० देशले पदक जिते । यस ओलम्पिकमा अमेरिकाले सर्वाधिक ११ इभेन्टस्मा पहिलो स्थान हासिल ग¥यो । सर्वाधिक धेरै मेडल आयोजक ग्रीस(४६ वटा)ले जित्यो । जर्मन रेस्लर तथा जिम्न्यास्ट कार्ल सच्हुम्यान यस ओलम्पिकका उत्कृष्ट खेलाडी थिए, उनले चार खेलमा पदक जिते ।
यस ओलम्पिकमा बिजेतालाई चाँदी (रजत) मेडल तथा उपबिजेता हुनेलाई तामाको मेडल दिइएको थियो । पछि,आईओसीले पहिलोलाई स्वर्ण र दोस्रोलाई रजत र तेस्रोलाइ कास्य पदक दिने नियम बनायो ।
(छ) ओलम्पिक चिन्ह(झण्डा) ः ओलम्पिक झण्डामा ५ वटा (नीलो,पहेंलो,कालो,हरियो र रातो) चिन्ह रहेका छन् । यि ५ रंगलाइ एउटा सेतो पट्टी माथि मिलाएर बनाइएको छ । ओलम्पिक झण्डामा प्रयोग भएका यहिँ ५ वटा चिन्हले ५ महादेशको प्रतिनिधित्व गर्छ । नीलोले युरोपको,पहेंलोले एशियाको,कालोले अफ्रिकाको,हरियोले अष्टूेलियाको र रातोले अमेरिकाको प्रतिनिधित्व गरेसंगै यि चिन्ह एकआपसमा बाँधिएर यि महादेश बीच मित्रता र एकताको झल्को दिएको छ । यो प्रतिक चिन्ह सन् १९१३ मा तयार,सन् १९१४ मा घोषणा गरिएको र सन् १९२० को ग्रीष्मकालिन ओलम्पिकमा देखिन थालेको होे । योे चिन्ह सन् १९१२ मा एक खेल शोधक बारोन (द्यबचयल)ले प्रस्तुत गरेका थिए । उनकै अवधारणा वास्तवमा ओलम्पिकको प्रतिक चिन्ह बन्यो ।
(ज)ओलम्पिक मसाल ः ओलम्पिक मसाललाइ ओलम्पिक ज्वाला पनि भनिन्छ । यो पुरानो ओलम्पिकको निरन्तरता हो । ग्रीस पौराणिक कथा अनुसार देवताहरुबाट चोरेको आगोको प्रतिकको रुपमा लिने गरिन्छ । मसाललाइ आगोको पवित्र आत्माको पुरातन प्रतीकात्मक अर्थमा लिने गरेपनि यसलाइ आधुनिक समयमा मानिसको ज्ञानमा प्रकाश भर्ने माध्यमको रुपमा लिने गरिन्छ । ओलम्पिक ज्वालालाइ प्राचीन र आधुनिक ओलम्पिक खेलहरु बीचको सम्वन्ध स्थापना गर्ने द्योतकको रुपमा समेत वर्णन गर्न थालिएको छ । ओलम्पिक मसाललाइ पवित्र,शक्तिशाली र न्यानो चमकको रुपमा लिने गरिन्छ । यो मसाल प्रतियोगिताका आयोजना हुने देश र ति देशका शहर सहित विश्वका मुख्य शहरहरुमा पनि पु¥याउने चलन रहेको छ ।
(झ)पारा ओलम्पिक ः अंगभंग भएका,नेत्रहिन र पक्षघात भएका व्यक्तिहरु समावेश गरेर खेलाइने ओलम्पिलाइ पारा ओलम्पिक भनिन्छ । पारा ओलम्पिक खेलका संस्थापक जर्मनका न्युरोलोजिष्ट लुड्बिग गुट्मान हुन् । पारा ओलम्पिक ग्रिष्मकालिन संस्करण सन् १९६० मा रोमबाट सुरु भएको हो । शितकालिन ओलम्पिक भने सन् १९६० मा स्वीडेनबाट सुरु भएको इतिहाँस छ ।
(ञ) शीतकालीन ओलम्पिक ः शीतकालीन ओलम्पिक ओलम्पिक खेलको दोस्रो ठुलो प्रतियोगिता हो । जुन हरेक ४(४ वर्षको अन्तरालमा विभिन्न राष्टूहरूमा सञ्चालन हुने गर्छ । शीतकालीन ओलम्पिक (प्रायःफेब्रोअरी) मा कम्तीमा १६ दिन आयोजना हुने गर्दछ । सर्वप्रथम सन् १९२४ मा फ्रान्सको चेमोनिक्स सहरमा शीतकालीन ओलम्पिकको थालनी भएको थियो ।
(लेखक पत्रकार महासंघ ताप्लेजुङका पूर्व अध्यक्ष समेत हुन्)