मदन भण्डारीको ७० औं जन्मजयन्ती मनाइयाे

  आवाज संवाददाता

  आज कम्युनिष्ट नेता मदन भण्डारीको ७० औं जन्म जयन्ती मनाइएको छ । मदन भण्डारी फाउण्डेशन इलामले अन्तर संवाद कार्यक्रम गरि स्वर्गीय भण्डारीलाई स्मरण गरेको छ । अन्तर संवादमा भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद र अहिले भइरहेको प्रयोगका विषयमा कम्युनिष्ट नेताहरुले विचार व्यक्त गरेका थिए ।
कार्यक्रममा बोल्दै नेकपा एमाले केन्द्रीय अनुशासन आयोगका सदस्य अगम वान्तवाले जनताको बहुदलीय जनवादको विकल्प नभएको धारणा राखे । संवाद कार्यक्रमलाई सम्वोधन गर्दै एमाले इलाम अध्यक्ष राम रानाले कम्युनिष्ट नेता भण्डारी नेपाली कम्युनिष्ट इतिहासमा बेग्लै परिचय दिनुपर्ने आवश्यकता नभएको भन्दै जनताको बहुदलीय जनवाद अनुसार काम गर्न आवश्यक रहेको बताए । ‘सिद्धान्त अनुसार एमाले आफैं सत्तामा हुँदा पनि काम बहुदलीय जनवादलाई टेकेर काम गर्न सकिरहेको छैन, यो बेला सामाजिक ढाँचामा जातीय, विर्गीय, लिङ्गीय, भाषाभाषिकाका रुपमा भइरहेको विभेदको अन्त्य गर्न लाग्नु पर्छ ।’ रानाले भने ‘अब समाजवाद स्थापनाका लागि शिक्षा, स्वास्थ्य, रोजगारीको ग्यारेन्टी राज्यले गर्न सक्नुपर्छ, त्यसको आधारशिला तयार गर्न सबै लाग्नु पर्ने आवश्यकतता छ ।’
कार्यक्रममा एमाले प्रदेश अध्यक्ष देवराज घिमिरेले पनि भण्डारीले नेपाली राजनीतिमा गरेको योगदानका विषयमा चर्चा गरेका थिए । घिमिरेले समाजवादलाई अगाडि राखेर साम्यवाद लक्ष्य प्राप्त गर्न तर्फ लाग्नु पर्नेमा भण्डारीले देखाएको बाटो उत्तम रहेको धारणा राखे । भण्डारीको जन्म ७० वर्ष अघि तालेजुङ्गको ढुङ्गृसाँगुमा भएको थियो । भर्चुअल रुपमा सम्पन्न कार्र्यक्रम फाउण्डेशनका इलामका अध्यक्ष गणेश बरालको अध्यक्षतामा भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार