इलाममा निषेधाज्ञा असार २२ सम्म, र प्रशासन, मालपोत, नापी कार्यालय खुल्ने

  आवाज संवाददाता

इलाम । कोभिड– १९ को संक्रमण न्युनिकरण गर्न जिल्ला प्रशासन कार्यालय इलामले पुरानो निषेधाज्ञामा संशोधन गर्दै असार २२ गते सम्म पुनः निषेधाज्ञा थप गरेको छ । प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले एक आदेश जारी गरि वैशाख २८ गते देखि शुरु भएको निषेधाज्ञामा केही संशोधन गरि निषेधाज्ञा थप गरिएको जनाएका छन् । जारी आदेशमा यात्रुवहाक सार्वजनिक सवारी साधन, सबै प्रकारका भेलाहुने कार्यक्रम, छलफल, गोष्ठी, सेमिनार, होटल, व्युर्टीपार्लर, खेलकुदलगायतका क्षेत्रलाई निषेधनै गरिएको छ ।

आदेशमा जिल्लामा धेरै जनसम्पर्क हुने नागरिकता, मालपोत, नापी कार्यालयको सेवाप्रवाह आलोपालो प्रणालीबाट स्वास्थ्य सुरक्षाका मापदण्ड अलम्बन गरि शुरु गर्न छुट्टै सूचना प्रकाशित गर्नै, खाद्यान्न, तरकारी, विद्युतीय सामग्री, कपडालगायतका पसललाई नेपाल सरकारले तोकेको मापदण्ड पालना गरि बेलुका पाँच बजे सम्म सञ्चालन गर्न दिइने उल्लेख छ ।

सेवा सञ्चालन हुने

जिल्ला प्रशासन, नापी कार्यालय र मालपोत कार्यालयका लागि जिल्ला प्रशासन कार्यालयले जिल्लाका दशै पालिकाहरुका लागि छुट्टाछुटै दिन तोकेको छ । प्रशासनका अनुसार इलाम नगरपालिका, सन्दकपुर र माइजोगमाई गाउँपालिका सेवाग्राहीले आइतबार र शुक्रबार सेवा लिन पाउनेछन् ।

यस्तै सूर्योदय, रोङ र माङ्सेबुङका सेवाग्राहीले बुधबार र बिहीबार सेवा लिन पाउनेछन् । देउमाइ नगरपालिका सेवाग्राहीले इलाक प्रशासन कार्यालय , नापी र मालपोत कार्यालय मंगलबारेबाट आइतबार र शुक्रबार, सोही स्थानबाट फाकफोकथुम गाउँपालिकाका सेवाग्राहीले सोमबार र मंगलबार तथा माङ्सेबुङ गाउँपालिकाका सेवाग्राहीले बुधबार र बिहीबार सेवा लिन सक्नेछन् ।

सीमा प्रशासन कार्यालय पशुपतिनगरबाट भने सूर्योदय नगरपालिकाका सेवाग्राहीले आइतबार, मंगलबार र शुक्रबार, रोङ गाउँपालिकाका सेवाग्राहीले सोमबार र बिहबिार तथा माइजोगमाई गाउँपालिकाका सेवाग्राहीले बुधबार सेवा लिन सक्ने भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार