सन्दकपुरमा १० सहित ३१ संक्रमित थपिए

  आवाज संवाददाता

इलाममा थप ३१ जनामा संक्रमण देखिएको छ । आजको जिल्ला प्रशासन कार्यालयको अद्यावधिक विवरणअनुसार सन्दकपुर गाउँपालिकामा सबैभन्दा बढी संक्रमण देखिएको छ ।

  सन्दकपुर गाउँपालिकामा १०, इलाम नगरपालिकामा आठ जना,देउमाई नगरपालिकामा नौ जना, माईजोगमाई गाउँपालिकामा एक, सूर्योदय नगरपालिकामा तीन जनामा संक्रमण देखिएको छ ।हाल जिल्लामा दुई सय ७९ जना सक्रिय संक्रमित छन् । जसमध्ये होम आइसोलेसनमा दुई सय ६८, सामान्य उपचारमा छ जना, आइसीयुमा पाँच जना उपचाररत छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार