प्रवासी साङरुम्बाका युवाहरुले पठाएकाे रकमबाट राहत वितरण

  आवाज संवाददाता

इलाम ।  राेजगारीकाे शिलसिलामा प्रवासमा रहेका इलाम  नगरपालिका- १२ साङरुम्बाका युवाहरुले कोरोना महामारीको दोश्रो लहर सङ्गै सरकारले गरेको लामो निषेधाज्ञाको मारमा परेका गाउँबासीहरुका लागि पठाएकाे सहयाेग रकमबाट राहत वितरण गरिएकाे छ । युवाहरुले  राहत वितरण,  स्वास्थ्य सामग्री तथा अाैषधि खरिद  र उपचार काेषका लागि दुई  लाख ५३ हजार सङ्कलन गरेर पठाएका थिए ।

 किरण लिङदम, खिम सिवाकोटी, झरेन चौहान (मलेशिया), अनिश कार्की, दीपकिशोर लिङदम (दुबाइ), भुबन लिङदम (कोरिया), धनबहादुर योङहाङ (अमेरीका), नीडुप तामाङ (युके) लगाएतका ७४ जना युवाहरुको सकृयतामा सहयाेग अभियान सञ्चालन गरिएको  दुबाईमा रहेका  अभियन्ता अनिश कार्कीले बताए ।

प्रवासी युवाहरुले पठाएकाे सहयाेग रकमबाट राहत वितरण गर्दै वडाध्क्ष लाखमान लिम्बूलगायत समितिका सदस्यहरु ।

 वडाध्क्ष लाखमान लिम्बुको संयोजकत्वमा कुमार पौडेल, नबीन लिङदम, कर्ण कार्की, मोहन पोखरेल, भानुभक्त घिमिरे, कुमारी लयागुन, रामकुमार लिङदम, मिलन चौहान सहितको समितीले राहत वितरण गरेकाे हाे ।

 दुई लाख ५३ हजार मध्ये एक लाख बाराबरको राहत बितरण गरिएको हाे ।  एक लाख रुपैयाँ स्वास्थ्य चौकीमा अक्षयकोष स्थापना गरिएकाे र ५० हजार बाराबरको स्वास्थ्य सामग्री खरीद गरी स्वास्थ्य चौकीलाई उपलब्ध गराइने अभियन्ता अनिश कार्कीले जानकारी दिए ।

 ४८ घरपरीवारलाई राहत वितरण गरिएकाे हाे । प्रति घर ३० केजी चामल, १ लिटर तेल, १ केजी दाल र नुन लगाएतका खाद्यान्न उपलब्ध गराइएको  छ । अति बिपन्न एक घरलाई भने नगद १० हजार सहयोग दिइएकाे  छ ।

राहत वितरणाका लागि स्थानीय युवा दीलकुमार आङ्देम्बेले नि :शुल्क यातायातको ब्यबस्था गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार