रोङ गाउँपालिकाको बजेट ४४ करोड १८ लाख

  आवाज संवाददाता

इलाम । इलामको रोङ गाउपालिकाले ४४ करोड १८ लाख ८१ हजार पाँच सय रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।

गाउँपालिकाको ११ औ नगरसभामा आगामी आर्थिक वर्ष २०७८÷०७९ को लागि बजेट पेश गरिएको छ । गाउँपालिकाले समानीकरण अनुदानमा नौ करोड ७७ लाख ९५ हजार रुपैयाँ आम्दानी हुने अनुमान गरेको छ । त्यस्तै समपुरक अनुदानमा दुई करोड ६ लाख रुपैयाँ, राजश्व बाँडफाडबाट सात करोड एक लाख पाँच हजार रुपैयाँ, सशर्त अनुदानमा १८ करोड नौ लाख ५० हजार रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ । गाउँपालिकाले एक करोड २० लाख रुपैयाँ आन्तरिक राजश्व संकलन गर्ने लक्ष्य लिएको छ ।

त्यस्तै भूमी आयोगको कामबाट एक करोड रुपैयाँ गाउँपालिकाले आम्दानी गर्ने लक्ष्य राखिएको छ भने चालु आर्थिक वर्षमा खर्च हुँन बाँकी रहेको चार करोड ९४ लाख ३३ हजार पाँचसय रुपैयाँ अल्या हुने गाउँपालिकाको प्रक्षेपण छ । गाँउालिकाले आर्थिक विकासको क्षेत्रमा दुई करोड ९६ लाख ३६ हजार रुपैयाँ रकम विनियोजन गरेको छ । त्यस्तै सामाजिक विकास क्षेत्रमा एक करोड ४४ लाख ५७ हजार पाँच सय रुपैयाँ र पूर्वधार विकासमा चार करोड आठ लाख ९१ हजार छ सय ६६ रुपैयाँ विनियोजन गरिएको छ । गाउँपालिकाले सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रको लागि ३६ लाख रुपैयाँ, मुख्य प्रशासनिक भवन निर्माणको लागि दुई करोड रुपैयाँ विनियोजन गरेको छ ।

समपुरक कोषको लागि एक करोड ७० लाख रुपैयाँ र लागत सहभागीताको लागि एक करोड २० लाख रुपैयाँ विनियोजन भएको छ । चालु खर्च तर्फ आठ करोड २९ लाख रुपैयाँ रकम प्रस्ताव गरिएको बजेट गाउँसभामा पेश भएको प्रमुख प्रशासकीय अधिकृत प्रयास भट्टराईले जानकारी दिए । ११ औ गाउँसभाले आगामी आर्थिक वर्षको लागि तयार पारिएको नीति तथा कार्यक्रम, विनियोजन ऐन र आर्थिक ऐन पारित गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार