लागूऔषध काेराेबार : इलामका एकसहित झापाका तीन पक्राउ

  आवाज संवाददाता

इलाम ।   झापाको दमकबाट लागुऔषध ब्राउन सुगरसहित ४ जनालाई पक्राउ गरिएको छ । हिजो दिउसो सँवा ३ बजे दमक-६ थाना रोड स्थितबाट इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा गौरादह ५ वालुवथान का २६ बर्षीय विवेक लिम्वु र २२ बर्षीय शौरभ राईको साथबाट लागूऔषध ब्राउन सुगर २ ग्राम फेला परेको थियो ।

    प्रहरीले थप अनुसन्धान गर्ने क्रममा उनीहरुले खरिद गरि ल्याएको स्थान खुल्न आएसँगै इलाम चुलाचुली ४ घर भई हाल दमक ५ मा बस्ने ३१ बर्षीय विक्रम राई र ३७ बर्षीय जेम्स भन्ने खगेन्द्र सावाको कोठाबाट पाँच लाख चौध हजार तीन सय सहित पक्राउ गरिएकाे हाे ।

   बिक्रम र खगेन्द्रलाई सोधपुछ गर्दा इलामको घरमा लागूऔषध लुकाई राखेको भन्ने खुल्न आएकोले उनीहरुको घरमा गई खानतलासी गर्दा बिक्रम कोठाबाट लागूऔषध ५ ग्राम र खगेन्द्र सावाको कोठाबाट ब्राउन सुगर २ ग्राम ३०० मिलिग्राम बरामद गरेको हो । पक्राउ परेका चारैजना उपर इलाका प्रहरी कार्यालय दमक झापाबाट थप अनुसन्धान भईरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार