इलाममा मंगलबार २१ जना संक्रमित थपिए, मृत्यू हुनेको संख्या ४६ पुग्यो

  आवाज संवाददाता

इलाम । इलाममा मंगलबार २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
इलाम नगरपालिकामा ७ जना, सूर्योदय नगरपालिका ६ जना, रोङ गाउँपालिका ५ जना, माई नगरपालिकामा २ जना र चुलाचुली गाउँपालिकामा १ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै इलाममा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक हजार ८०२ पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
जिल्लामा कोरोना संक्रमणका कारण मृत्यू हुनेको संख्या भने ४६ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार