वडामा एकै दिनमा १९ जना संक्रमण, वडाले गर्यो आवतजावतमा कडाई

  आवाज सम्वाददाता


इलाम। एकै गाउँमा एकै दिन १९ जनामा संक्रमण देखिएपछि संक्रमण नियन्त्रणका लागि वडा कार्यालयले वडा क्षेत्रभित्रको आवतजावतमा कडाई गरेको छ ।
इलाम नगरपालिका वडा नं. १ साखेजुङमा बुधबार १९ जनामा संक्रमण देखिएपछि वडा कार्यालयले वडा क्षेत्रलाई शील गरेको छ ।
संक्रमण नियन्त्रणभन्दा बाहिर गएकाले वडाबासीको सुरक्षाका लागि बुधबार राती १२ बजेदेखि लागु हुने गरे वडामा आवातजावत तथा बजार बन्द गराइएको हो इलाम नगरपालिकाका वडा नं. १ का वडाध्यक्ष अम्बिका गौतमले बताए ।

जिल्ला प्रशासन कार्यालय इलामले निषेधाज्ञालाई खुलुलो बनाएर पाँच बजेसम्म बजार खुल्ला गरेको छ । तर, वडाले भने संक्रमण बढ्दै गएकाले विहान १० बजेसम्मसम्म मात्र अतिवाश्यक र खाद्यान्न पसलहरु खोल्ने र आवश्यक पालिकाको सेवाहरु प्रदान गर्ने गरी वडामा भीडभाड नियन्त्रण गरिएको वडाध्यक्ष गौतमले बताए । ‘वडामा संक्रमण बढेकाले संक्रमण रोक्नका लागि वडाले वडाबासीको सुरक्षाका लागि आवतजावतमा कडाई गरिएको हो’ अध्यक्ष गौतमले भने, ‘एकै परिवार र चिया उद्योगमा काम गर्ने मजदुरहरुलाई पनि संक्रमण देखिएको छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार