संक्रमण बढेसँगै देउमाई र सन्दकपुर सिल

  आवाज संवाददाता

इलाम । कोरोना संक्रमण पुनः तीब्रगतिमा फैलना थालेपछि यहाँका पालिका र वडाहरुले धमाधन संक्रमित क्षेत्रहरुमा सिल गरिरहेका छन् ।
पछिल्लो समय संक्रमण दर तीब्र बन्दै गएपछि देउमाई नगरपालिकाले मंगलबारे बजारसहित आसपासका क्षेत्रहरु बुधबारदेखि एक हप्ता शील गरेको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रण आपतकालीन समितिको बुधबार बसेको बैंठकले आवश्यक क्षेत्र बाहेक सबै बन्द गर्ने निर्णय गरेको छ ।
देउमाई नगरपालिका वडा नं. ३ र मंगलबारे बजार आसपासका क्षेत्र, वडा नं. ४ का सम्पूर्ण क्षेत्र र वडा नं. ५ का सबै क्षेत्रमा सिल गरिएको नगरपालिकाले जनाएको छ ।
यसरीनै संक्रमण दर बढ्दै गएपछि सन्दकपुर गाउँपालिकाले पनि गाउँपालिकामा आज निषेधाज्ञा जारी गरेको छ । एम्बुलेन्स र विरामी बोक्ने सवारी साधन बाहेक सबै सवारी साधनहरु बन्द रहेन पालिकाले जनाएको छ । यसरीनै अतिआवश्यक पसलहरु बेलुका ५ देखि ६ बजेसम्म खुलाउने र बाँकी पसल र समयमा सबै पसलहरु बन्द रहने पनि नगरले जनाएको छ । सन्दकुपुर गाउँपालिकामा संक्रमण दर उच्च देखिएकोले यसको नियन्त्रणका लागि पालिकाले आवातजावतलाई निषेध गरेको पालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार