प्रविधिमैत्री शिक्षक समाजको अध्यक्षमा रचना

  आवाज संवाददाता

    प्रविधिमैत्री शिक्षक समाज, सूर्योदय नगरपालिकाको अध्यक्षमा रचना राई निर्वाचित भएकी छिन् । समाजको पहिलो भेला तथा अधिवेशनबाट राई निर्विरोध अध्यक्षमा चयन भएकी हुन् । समाजको उपाध्यक्षमा तेजेन्द्र तामाङ, सचिवमा भीम ढुंगाना, सहसचिवमा भगवती आचार्य र कोषाध्यक्षमा चन्दा भट्टराई रहेका छन् ।
यस्तै, संस्थाको सदस्यहरुमा रिना वैद्य, नुमा राई, याम ढकाल, कैलाश खतिवडा, राजेन्द्र ढुंगेल, ख्यामराज खतिवडा, सागर ढुंगाना, पूर्णकुमार दाहाल रहेका छन् । समाजका नगर आयोजक समिति अध्यक्ष डिकेन्द्र आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा समाजकै केन्द्रीय सदस्य भूपति बस्याल, सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राई, समाजका प्रदेश नं. १ का अध्यक्ष बालकुमार रेग्मी, प्रदेश नं. १ कै प्राविधिक संयोजक सञ्जय खत्री, जिल्ला शिक्षा तथा समन्वय इकाई प्रमुख शम्भु थापा लगायतले बोल्नुभएको थियो ।

   कार्यक्रममा बक्ताहरुले समयको आवश्यकतासँगै सरकारी विद्यालय समेत प्रविधिमैत्री बन्दै जानु खुसी लाग्दो विषय बनाएको बताएका थिए । पराम्परागत शैलीलाई त्यागेर प्रविधिमा जोडिनु सुखद भएपनि सबै शिक्षकहरु प्रविधिमैत्री हुन नसक्नु दुःखद भएको सहभागीले बताएका थिए । नगरका अधिकांश विद्यालय प्रविधिमैत्री बने पश्चात् नगरका शिक्षकहरु मिलेर गठन गरेको प्रविधिमैत्री शिक्षक समाज २० प्रविधिमैत्री शिक्षक समाज, सूर्योदय नगरपालिकाको अध्यक्षमा रचना राई निर्वाचित भएकी छिन् । समाजको पहिलो भेला तथा अधिवेशनबाट राई निर्विरोध अध्यक्षमा चयन भएकी हुन् ।२०७५ सालमा गठन गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार