‘डिसिसिएमसी’लाई माओवादी केन्द्रद्वारा स्वास्थ्य सामग्री प्रदान

  आवाज संवाददाता

    नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र इलाम जिल्ला समितिद्वारा इलाम जिल्लास्थित जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिलाई विभिन्न स्वास्थ्य सामग्री प्रदान गरेको छ । बिहीबार समितिका संयोजक प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्कालाई उक्त सामाग्री प्रदान गरिएको हो ।

    माओवादी केन्द्रको केन्द्रिय कार्यक्रम अन्र्तगत देश भरीको ७७ वटै जिल्लामा स्वास्थ्य सामाग्री वितरण गर्ने कार्यक्रम अनुसार इलाम पनि वितरण गरिएको माओवादी केन्द्र इलाम नगरका अध्यक्ष प्रभास शर्माले जानकारी दिएका छन् ।

     कोभिड १९ संकट व्यवस्थापन समितिलाई एन्टिजेन किट, पिपिई सेट, एप्रोन, फेस शिल्ड, केएन ९५ मास्क, सर्जिकल मास्क, पल्स अक्सोमिटर लगायतका करिब एक लाख पैतालिस हजार मुल्य बराबरको सामाग्री उपलब्ध गराइएको हो ।

    हालको विषम परिस्थितिमा गाउँ शहरमा गएर सामाग्री वितरण गर्न असहज भएकोले कोभिड १९ संकट व्यवस्थापन समितिले आवश्यक परेको स्थानमा स्वास्थ्य सामाग्री उपलब्ध गराउन सकोस भनेर सामाग्री प्रदान गरिएको माओवादी केन्द्र प्रदेश नं. १ की सदस्य टीका घिमिरेले जानकारी दिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार