इलाममा थप ४४ जनामा काेराेना

  आवाज संवाददाता

 इलाममा   आज  ४४ जनामा संक्रमण पुष्टि भएको छ । इलाम नगरपालिकामा १३ जना, सूर्योदय नगरपालिकामा १० जना, सन्दकपुर गाउँपालिमा १२ जना, रोङ गाउँपालिमा ४ जना,देउमाई नगरपालिकामा २ जनामा संक्रमण देखिएकाे छ ।

चुलाचुली गाँउपालिकामा १ जना, माङसेबुङ गाउँपालिकामा १ जना र माइ नगरपालिकामा १ लाई संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ । इलाममा हालसम्म १ हजार ८ सय ८७ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमणबाट १ हजार ५ सय ०७ जना मुक्त भएका छन् । यसरी नै इलाममा हालसम्म संक्रमणबाट ४८ जनाको मृत्यु भएको प्रशासनले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार