चोरीको आरोपमा दुई जना पक्राउ

  आवाज सम्वाददाता

सुनसरी। सुनसरीको ईटहरी उप-महानगरपालिका एरियाका दुई छुट्टाछुट्टै स्थानमा चोरी गरेको आरोपमा इलाका प्रहरी कार्यालय ईटहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा ईटहरी उप-महानगरपालिका-३ का २९ बर्षीय सुमन तामाङ र धरान उप-महानगरपालिका-१९ का २४ बर्षीय सुरज परियार रहेका छन् । तामाङ  ईटहरी-३ का अनन्त प्रसाद पौडेलको घर कोठामा रहेको नगद १ लाख ३५ हजार र १४ हजार मुल्य बराबरको सुनको गहना चोरी गरेको आरोपमा पक्राउ परेका हुन् ।

जेष्ठ १२ गते बिहान अन्दाजी ६ बजेको समयमा पौडेलको घर कोठाबाट नगद तथा गहना हराएको भन्ने सूचनाका आधारमा चोरीमा संलग्न रहेका ब्यक्तिको खोजतलासमा खटिएको प्रहरी टोलीले तामाङलाई पक्राउ गरेको हो । तामाङको साथबाट प्रहरीले नगद ६९ हजार ५ सय नगद समेत बरामद गरेको छ ।

यसैगरी ईटहरी-६ मा रहेको कुलनयन ट्रेडसबाट नाईट्रोजन ग्यास सिलिण्डर चोरी गर्ने सुरज परियारलाई मोरङको सुन्दरहरैचा-३ बाट चोरी भएको नाईट्रोजन ग्यास सिलिण्डर सहित पक्राउ गरेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ । चोरीको आरोपमा पक्राउ परेका दुबै जनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार