थप १० लाख डोज खोप ल्याउन निगमको जहाज बेइजिङ उड्दै

काठमाडौं । कोरोना भाइरसविरुद्धको थप १० लाख डोज खोप ल्याउन नेपाल वायु सेवा निगमको जहाज आगामी बिहीबार चीनको राजधानी बेइजिङ उड्ने भएको छ ।

१० लाख डोज साइनोफार्म खोप नेपाल ल्याउन निगमको जहाज बेइजिङ उड्न लागेको हो ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले अब कोरोना भाइरसविरुद्धको खोपको अभाव नहुने दाबी गरेका छन् । आज शुक्रबार नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले अब खोपको समस्या नहुने दाबी समेत गरेका छन् ।

बैठकमा ओलीले भनेका छन्, ‘अब भ्याक्सिनको समस्या छैन । पर्सिदेखि चाहिनेजति भ्याक्सिन आउँछ । भारतबाट दोस्रो डोज नआउँदा समस्या भयो । केही दलका साथीहरूले अहिले भ्याक्सिन नदेऊ, हाम्रो सरकार आएपछि दिनू भनेर लबिङ गरिरहेका छन् ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार