जीवनउपयोगी शिक्षाको आवश्यकता

किताब पढ्यो । जाँचदियो । डिग्री बढायो । मार्कसिट पायो । न रोजगार छ न त विषगत पर्याप्त ज्ञान एवं सीप । कृषिप्रधान देशको राज्य, शिक्षालय, शिक्षक एवं विद्यार्थीहरु कृषि उत्पादनमा अनभिज्ञ । आलु, टमाटर, धान, मकै, कोदो, फापर, फलफूल कसरी उत्पादनगरिन्छ भन्ने विषयवस्तु न त पाठ्यक्रममा समेटिएको छ, न त पाठ्यपुस्तकमा ।

      यसैगरी गाईं, भैसी, भेडा, बाख्रा, पन्छी, माहुरी तथा मत्स्यपालनलगायतका व्यवसायमा आधुनिकीकरण, यान्त्रिकीकरण, बजारीकरण एवं औद्योगीकरणको ज्ञान तथा सीप शैक्षिक उद्देश्यबाट बाहिर । शिक्षालयहरु बेखबर । गुरुहरु अनभिज्ञ । नीतिनिर्माताहरु अन्जान । विद्यार्थीहरु अलमल्ल ।

    हाम्रो देशमा प्रशस्त प्रकृतिका खानी छन् । गाउँ परिपरि जडिबुटीहरु प्रसस्त छन् । भूगर्वमा सुन, चा“दी, हीरा, मोती, कोइला, पेट्रोलियम पदार्थलगायतका खानीखजनाहरु प्रशस्त छन् । यिनिहरुको अनुसन्धान, पहिचान, उत्खननएवं प्रयोगको बारेमादक्षजनशक्तिउत्पादनगर्न शिक्षाकतै छैन । नेपाललाई जलस्रोतमाविश्वकै दोेस्रो धनी राष्ट्र भनेर चिनिन्छ । देशमा छ हजार भन्दा धेरै नदीनालाहरु छन् । हरेक पहाडको फेदीमाखोलाहरु छन् ।

    केही मिटरको उचाइमा खेतका फाँटहरु छन् तर सिँचाइको सुविधा छ्रैन । जलस्रोत उपयोग गरी देश विकास र आयआर्जन बढाउने कार्यसम्बन्धी विषयवस्तुको ज्ञान विद्यालयतहदेखि युनिभर्सिटिसम्म पाईदैन । खाने पानीको अभाव, सिँचाइको असुविधा, ऊर्जा उत्पादनलगायतका सुविधाहरुबाट वञ्चितहुनुपरेको छ , पानीको धारा बिग्रिए पनि बिजुलीको बल्ब प्mयुजगएपनि, पशुपन्छी बिरामीभएपनि परिवारका सदस्यहरु अनभिज्ञ ।

    यही होइन त राज्यले नागरिकलाई प्रदान गरेको शिक्षाको मोडेल ?शिक्षालयहरुकातहगत पाठ्यपुस्तकहरुमा नेपालमाखाद्यपदार्थ, फलफुल, औषधी, पेट्रेलियमपदार्थ, अटोमोबाइलभारत लगायतअन्य देशबाट आयातगरिन्छ, भन्ने विषयवस्तु पढाएर, विद्यार्थीलाई कण्ठस्थ गर्न लगाई नेपालले कुन देशबाट खाद्यान्नलगायतका वस्तुहरु आयातगर्दछ भन्ने प्रश्नहरुको जवाफको खोजी गरी मूल्यांकन गरी कक्षा चढाउने शिक्षा प्रणालीले देश कहिले उँभो लाग्ने ?हाम्रो शिक्षा प्रणालीलाई सिद्धान्तमा आधारित बनाइयो । सैद्धान्तिकशिक्षकमापनिशास्त्रहरुको अध्ययन भयो ।

      शास्त्रार्थ हुन सकेमा, व्यवहारमालागू हुन सकेन । अहिले समाजमा नैतिकआचरण, इमानदारिता, समाज कल्याण, परोपकारजस्ता मानवीय गुणहरु हराउ“दै गएको अग्रज पुस्ताहरुको बुझाइ छ । बुढेसकालका साहारा भनिएकाआफ्नै सन्तानहरुबाट जन्मदाताहरु बृद्धाश्रममाजानुपरेको तीतो यथार्थले राज्यले नैतिकदायित्वबोध र कर्तव्य पालना गर्न सक्ने आदर्शवान् नागरिक उत्पादनगर्न नसकेको प्रमाणित हुन्छ । यसरी नैतिकमूल्य र मान्यतालाई जीवनमाअभ्यास गर्ने दृष्टिकोणबाट हेर्दा पनि राज्यले प्रदान गरेको शिक्षाव्यावहारोपयोगी देखिदैंन ।

     हरेक सम्बन्धहरु स्वार्थसँग गाँसिएर अभ्यास हुँदा समाजमा पारिवारिक झगडा, सम्बन्ध विच्छेद, उत्ताउलो चरित्र, आपसीअसमझदारीदेखि चोरी, डकैंती, बलात्कार, लागुपदार्थ दुव्र्यसनी प्राणहत्या लगायतका घटनाहरु दिन प्रतिदिन बढेको अवस्था छ । सिद्धान्तमा अध्ययन गरेकाविषयहरुलाई व्यवहारमा उतार्न सकिएनभर्न प्राप्त गरेको ज्ञान जीवनमाउपयोगीहुन सक्दैन । शिक्षाले सकारात्मक सोचाइ, उदार व्यवहार, सहनशील अभ्यास र मानवतावादी चिन्तनको विकास गर्न नसकेमा व्यावहारिक रुपमा शिक्षा प्रमाणपत्र बटुल्ने माध्यममात्र हुन्छ ।

    यस्तै भइरहेको छ । हाम्रो समाजबहुभाषिक, बहुधार्मिक, बहुजातीय एवं बहुसांस्कृतिक चरित्रको छ । यस्तो समाजमाअरुकामूल्य, मान्यता, संस्कार, धर्म, भाषा, प्रचलन, आदिविविधतालाई इज्जत गर्न सक्ने, समाजको आवश्यकताअनुरुप सामाजिकीकरण र सामञ्जस्यगर्न सक्ने शिक्षादीक्षा आजको आवश्यकता हो ।

      अहिले समाज २१ औंशताब्दीको तेस्रो दशकमागतिशील छ । अग्रज पुस्ताले व्यवहारमा ल्याएका समाजका असल अभ्यासलाई पुस्तान्तरण गर्दै जाने युगहो । यसो गर्दा शास्त्रीयमूल्य र मान्यतालाई शास्त्रार्थ गर्दै विज्ञान र तर्कका आधारमा व्यवहारमालागू गर्नुपर्ने हुन्छ । नागरिकहरुले पृथ्वीनारायण शाहको इतिहास पढेर देशप्रेम बुझ्न नसक्ने, रामको जीवनीबाट अरुलाई न्यायदिननसक्ने, भीमसेन थापाको जीवनी पढेर स्वाधीनताको महत्वबुझ्न र बुझाउने नसक्ने शिक्षाको मोडेल ऐतिहासिक दृष्टिकोणबाट हेर्दा जीवनउपयोगीहुन सक्दैन ।शिक्षा मानिसको आन्तरिक शक्तिहरुलाई बाहिर ल्याउने माध्यमहो ।

    आजको युगमाशिक्षालाई असल मानवीय जीवनको सार्थकता र सभ्य समाजनिर्माणको साथै भौतिक विकासको पूर्वाधार मानिन्छ । यस अर्थमाशिक्षाजीवनको तयारी र समाजविकासको भरपर्दो साधनहुन आउ“छ । अबको समाज ज्ञान, विज्ञान र प्रविधि प्रयोगस“गै जिउनुपर्ने अवस्थामा छ । वैज्ञानिक दृष्टिकोणको आधारमाबाट हेर्दा शिक्षाले शीक्षार्थीहरुमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा भएका वैज्ञानिक खोज, अनुसन्धान, अन्वेषण र आविष्कारको ज्ञान प्रदान गर्नुका साथै खोजमूलक चिन्तन र सिर्जनशील प्रतिभाका ढोकाहरु खोल्न सक्नुपर्दछ ।

     वैज्ञानिक तथा रोजगारमूलक शिक्षाको अभाव अहिले देशका शिक्षितयुवाहरु आफुले आर्जन गरेका शैक्षिक प्रमाणपत्रहरु घरमाथन्कयाएर अन्तर्राष्ट्रिय बजारमा काम गर्न जानुपर्ने बाध्यताको समाधान गर्नकालागि जीवनपयोगी शिक्षा निर्विकल्प आवश्यकता हो । देशमाप्रचुर मात्रामा प्राकृतिक स्रोत र साधनहरु हुँदाहुँदै पनि वैज्ञानिक एवं जीवनपयोगी शिक्षाको अभावले बेरोजगार हुनुपर्ने र शिक्षित युवापुस्ताले विदेशीभूमिमाश्रम र सीप बेच्ने बाध्यात्मक अवस्थाको अन्त्य गरोस् । हरेक विषय र संकायहरुमा जीवनोपयोगी विषयवस्तुहरुलाई शिक्षण सिकाइको माध्यम बनाउन सम्बन्धित क्षेत्रका विज्ञ एवं विषयविज्ञहरुस“ग सहकार्य गरोस् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार