पहिरोले पाइपलाइनमा क्षति गरेकाले इलाम सदरमुकाममा खानेपानी अवरुद्ध


इलाम । पहिरोले खानेपानीको पाइपलाइनमा क्षति पुर्याएपछि इलाम सदरमुकामको खानेपानी अवरुद्ध भएको छ ।

अबिरल वर्षाका कारण सदरमुकाम आपूर्ति हुन खानेपानीको पाइपलाइन पहिलोले दुई ठाउँमा क्षति पुर्याएको छ । सन्दकपुरको छाँगे र जिरेभिरमा पहिरोले पाइपलाइन क्षति गरेकाले विहीबारदेखि सदरमुकाममा खानेपानीको आपूर्ति बन्द भएको इलाम नगरपालिका खानेपानी शाखाका प्रमुख मेघनाथ ढुङ्गानाले बताए ।

पाइपलाइन मर्मत गर्ने काम भइरहेको छाँगेको एउटा पाइप जोडिए पनि जिरेभिरमा दुवै पाइप जोड्न बाँकी रहेको उनले बताए । पहिरो झर्ने क्रम जारी रहेकाले मर्मतमा समस्या भएको पनि उनले बताए । कम्तिमा पाइपलाइन मर्मत गर्न दुई दिन लाग्ने ढुङ्गानाले बताए ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार