निर्वाचन आयोगलाई ७ अर्ब ७२ करोड ८३ लाखकाे सहमति

  आवाज संवाददाता

काठमाडौँ । अर्थ मन्त्रालयले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगलाई ७ अर्ब ७२ करोड ८३ लाख रुपैयाँसम्म खर्च गर्ने गरी सहमति दिएको छ ।

यो रकम निर्वाचन सामग्रीलगायत खरिद तथा निर्वाचन व्यवस्थापनमा खर्च हुनेछ । आगामी कात्तिक २६ मा पहिलो र मंसिर ३ मा दोस्रो गरी दुई चरणमा हुने निर्वाचनका लागि आवश्यक रकमको कुनै अभाव हुन नदिने गरी अर्थ मन्त्रालयले उक्त सहमति दिएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार