सरकारद्वारा चिनीयाँ कम्पनीसँग खोप खरिदको सम्झौता, अर्काे साता आउँदै

  आवाज संवाददाता

काठमाडौँ । नेपाल सरकारले कोरोनाविरुद्धको खोप खरिदका लागि चीनको बेइजिङस्थित साईनोफार्म कम्पनीसँग सम्झौता भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप असार २४ गते बाट आपूर्ति सुरु हुनेगरी सम्झौता भएको जनाएको छ ।

त्यसपछि साप्ताहिक रुपमा विभिन्न चरण मार्फत खोप आपूर्ति गर्ने तयारी भएको मन्त्रालयले उल्लेख गरेको छ ।

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स० ले चीनको राजधानी बेइजिङबाट कोरोना भाइरसविरुद्धको थप खोप ल्याउनेछ ।

असार २५ गते खोप लिनाका लागि वाइड बडी ए ३३० जहाज पठाउने सरकारको निर्णय अनुरुप जहाज तयारी गरिएको जनाइएको छ ।

यही असार २२ गतेदेखि भेरोसेल खोपको दोस्रो मात्रा प्रदान गरिँदैछ । हालसम्म कूल ४२ लाख ४८ हजार मात्रा खोप नेपालले प्राप्त गरिसकेको छ भने २५ लाख ७४ हजार ७१५ ९९ प्रतिशत० ले पहिलो मात्रा र ७ लाख ५७ हजार ३८० जनाले ९३ प्रतिशत० ले दोस्रो डोज लिएका छन्

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार