बहुतले पार्किङ्ग र सिनेमा हलसहितको भवन निर्माण शुरु

  आवाज सम्वाददाता

इलाम।इलाम नगरपालिका बस पार्कमा बन्न लागेको मोटर पार्किङ्ग र सञ्चार केन्द्रसहितको बहुतले भवनको शनिबार शिलान्यास गरिएको छ ।
कृषि, भूमि व्यवस्था तथा सहकारी राज्य मन्त्री राम रानाले एक कार्यक्रमका बीच भवनको शिलान्यास गरेका हुन् ।

शिलान्यस गर्दै मन्त्री रानाले यो बहुतले पार्किङ्ग भवन मुलुककै नमूना भवनको रुपमा प्रदेश सरकारले निर्माण गर्न लागेको बताए ।
भूमिगत एक तला र भुईं तलमा मोटर पार्किङ्ग, सिनेमा हल र सञ्चार केन्द्रसमेत रहने गरी निर्माण गर्न लागिएको भवन मुलुककै नमूना भवन बन्ने इलाम नगरपालिकाका मेयर महेश बस्नेतले बताए ।

प्रदेश नम्बर १ सरकारको लगानीमा निर्माण हुन लागेको भवनको कूल लागत २१ करोड ५९ लाख ७२ हजार ७०१ रुपैयाँको लागत स्टमेट रहेको छ । इलाम नगरपालिकाको एक वर्षअघि २३ कराेड लागतकाे विस्तृत परियाेजना तयार पारेकाे थियाे । ठेकेदार कम्पनीले भने १२ करोड ७२ लाख ३१ हजार ३३५ रुपैयाँमा निर्माण सम्पन्न गर्ने गरेर संझौता गरेको छ । भवनको ठेक्का भने कविन्द्र÷नवसिर्जनशील सिनामंगल काठमाण्डौंले ठेक्का पारेको छ ।

भवन निर्माणका लागि चालु आर्थिक वर्षमा भने प्रदेश सरकारले एक करोड ६० लाख रुपैयाँ विनियोजन गरेको छ ।

भवन निर्माणका लागि २०७७ असार ३१ गते संझौता गरिएको छ भने २०७९ पुस ३० गते सम्पन्न हुने शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय इलामका प्रमुख रुद्रनारायण मिश्रले बताए ।

४६ वटा मोटर पार्किङ्ग गर्ने क्षमता भवनमा रहने छ । दोस्रो र तेस्रो तलामा भने सिनेमा हल दई वटा बन्ने छन् । दुई सय ५० जनाको दरले अटाउन सक्ने क्षमताका सिनेमा हल बन्ने छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार