श्रीमानद्वारा श्रीमतीको हत्या

  आवाज संवाददाता

मोरङ वेलबारी नगरपालिका ७ का ४८ बर्षीय सिता घिमिरेलाई उनकै श्रीमान् ५६ बर्षीय अम्बिका घिमिरेले हत्या गरेका छन् ।

     घटनाको जानकारी पाए लगतै इलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरी टोली खटि गई हत्यामा संलग्न अम्बिका घिमिरेलाई घरबाट २ किलोमिटर दक्षिणमा गुवालीमा लुकी छिपी बसेको अबस्थामा आज बिहान ५ बजे पक्राउ गरिएको हो ।

       हिजो बेलुका अम्बिका घिमिरेले मादक पदार्थ सेवन गरी घरमा गएको र श्रीमतीसँग सामान्य वादविवाद भई दुवै जना सुतेको र राती उठी एक्कासी आवेसमा आई काठको मुङ्ग्रोले निधाई रहेकी श्रीमती सिताको वाँया कन्चटमा चार/पाँच पटक प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । पक्राउ परेका अम्बिका घिमिरे उपर ज्यान सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भई रहेको  छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार