अप्सराको उद्धार गरियो

  आवाज संवाददाता

बिगत ३ बर्ष देखि माई नगरपालिकाको बिभिन्न स्थानमा बस्दै आएकी एक बेवारिसे महिलालाई शनिबार उद्धार गरिएको छ ।

माई नगरपालिका, मानब अधिकार मञ्च ईलाम, लोदिया प्रहरी चौकी र युवा शसक्तिकरण संजालको टिमले उनको उद्धार गरि बिराटनगर स्थित मानब सेवा अाश्रम लगिएको प्रहरीले जनाएको छ ।

भारतीय नागरिक जस्तो देखिने करिब ३५-४० बर्षकी ति महिलालाई स्थानीयहरुले अप्सरा नामले चिन्ने गरेका थिए । एक्लै बरबराउदै हिड्ने अप्सरा सडकमै बस्ने र सडकमै खाने गर्ने गर्थिन।

सडक महिला अप्सराको उद्धारका लागि सामाजिक क्षेत्रमा समेत कृयाशिल माई नगरपालिकाकी कर्मचारी निरुता थापाले अग्रसरता देखाएकी थिईन । उनको उद्धार गर्नु अघि माई अस्पतालमा एन्टिजेन परिक्षण गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार