माछा मार्ने क्रममा करेन्ट लागेर माङ्सेबुङमा एकको मृत्यु

  आवाज संवाददाता

इलाम ।  माङसेबुङ गाँउपालिका ५ का ४२ बर्षीय प्रविन राई करेन्ट लागेर मृत्यु भएको छ । हिजो बेलुका साढे ७ बजे राईले माई नगरपालिका ४ स्थित मानिस नबसेको घरबाट  विद्युतको तार जोडी गङटेखोलामा माछा मार्ने क्रममा करेन्ट लागी गम्भिर घाइते भएका उनको उपचारको लागी लैजादै गर्दा बाटैमा मृत्यु भएको हो । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय ईलामबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार