खोलाले बगाएर राईको मृत्यु

  आवाज संवाददाता

उदयपुर चौदण्डीगढी नगरपालीका ७ बेल्टार स्थित मदन चोक का ६५ बर्षीय गुमशेर राईको खोलाले बगाएर मृत्यु भएको छ । हिजो दिउसो १२ बजे सोही स्थानमा रहेको द्दवार खोला तर्ने क्रममा खोलाले बगाई बेपत्ता बनाएको थियो ।

     घटनाको जानकारी पाए लगतै इलाका प्रहरी कार्यालय बेल्टारबाट प्रहरी टोली खटेर खोजतालस गर्ने क्रममा बगाएको ठाउँबाट अन्दाजी २०० मिटर दक्षिणमा राईको मृत शव फेला परेको हो । शवको कानुनी प्रकृया पुरा गरि पोष्टमार्टमको लागी स्वास्थ्ये चौकी बेलटार पठाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार